
बर्दिया : बर्दिया क्षेत्र नम्बर २ को ख बाट प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका धर्म बहादुर चौधरी विजयी हुनुभएको छ ।
गठबन्धनबाट माओबादीका मान बहादुर थारुलाई ९ हजार १ सय ४३ मत अन्तरले हराउँदै चौधरी विजयी हुनुभएको निर्वाचन कार्यालय राजापुरका प्रमुख नगेन्द्र लम्सालले जानकारी दिनुभयो ।
धर्म बहादुर चौधरीले २० हजार १२७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकतम् प्रतिस्पर्धी गठबन्धनबाट माओबादीका मान बहादुर थारुले १० हजार ९८४ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, नेकपा एमालेका कृष्णी थारुले ७ हजार १७ मत प्राप्त गर्नु भएको छ भने राप्रपाका धर्मराज शाहले ३ हजार १३३ मत ल्याउनुभएको छ ।