onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा थ्रेसरको पट्टामा परेर महिला गम्भीर घाइते

Sambad ADD long

ठाकुरबाबा, बर्दिया : ठाकुरबाबा नगरपालिकाको भुरीगाउँमा धान दाउने क्रममा थ्रेसर मेसिनमा परेर एक महिला गम्भीर घाइते हुनुभएको छ । आज बिहान ९ बजेतिर भएको दुर्घटनामा परी भुरीगाउँ बस्ने वर्ष ४५ की रुपा अर्याल न्यौपाने गम्भीर घाइते हुनुभएको पारिवारिक स्रोतले जनाएको छ ।

धान दाउने क्रममा न्यौपानेकोे कपाल अचानक थ्रेसरको पट्टामा अड्किएर दुर्घटना भएको हो । दुर्घटनालगत्तै उहाँलाई तत्काल उपचारका लागि ठाकुरबाबा आधारभूत नगर अस्पताल लगिएको थियो । तर, अवस्था गम्भीर भएपछि थप उपचारका लागि उहाँलाई बाँकेको नेपालगन्ज अस्पतालमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि काठमाण्डौस्थित त्रिवी शिक्षण अस्पताल लगिएकोे छ ।

न्यौपानेको स्वास्थ्य अवस्था गम्भिर रहेको पारिवारिक स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.