onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा आधारभूत नगर अस्पतालको अध्यक्षमा भावुक

Sambad ADD long

बगनाहा, बर्दिया : लामो समय देखि पत्रकारितामा सक्रिय रहनु भएका चिरञ्जीवी योगी (भावुक) ठाकुरबाबा आधारभूत नगर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा मनोनित हुनुभएको छ । ठाकुरबाबा नगरपालिका–३, नेउलापुर निवासी योगीलाई ठाकुरबाबा नगरपालिकाको आधारभूत नगर अस्पतालको अध्यक्षमा मनोनित गरिएको ठाकुरबाबा नगरप्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिकाको आधारभूत नगर अस्पताल सञ्चालन कार्यविधी २०७९ को दफा १० उपदफा (१) बमोजिम योगीलाई व्यवस्थापन समितिको अध्यक्षमा मनोनित गरिएको नगरपालिकाद्वारा जारी सूचनामा जनाइएको छ । ठाकुरबाबा नगरपालिकाको स्वास्थ्य क्षेत्रको विकासमा नवनियुक्त अध्यक्षबाट अमूल्य योगदान रहने पालिकाले विश्वास लिएको समेत पत्रमा उल्लेख गरिएको छ ।

चिरञ्जीवी योगी ९भावुक० नेपाल पत्रकार महासंघ, बर्दियाका पूर्व उपाध्यक्ष हुनुहुन्छ भने हाल स‌‌घिय पार्षद हुनुहुन्छ । काठमाण्डौबाट प्रशारण हुने उज्यालो रेडियो नेटवर्कका लागि बर्दिया प्रतिनिधि रहनुभएका योगी रेडियो टाइगर, बर्दियाका प्रबन्ध निर्देशक एवम् अनलाइन संवादका प्रधान सम्पादक समेत हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.