onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

मधुवन महोत्सव आयोजकको आग्रह “भ्रामक समाचारलाई विश्वास नगरिदिनुहोला”

Sambad ADD long

ताराताल, बर्दिया : मधुवन उद्योग वाणिज्य संघ, कुसुम्बा बजारले महोत्सव सञ्चालनमा प्रभाव पर्ने गरी गरिएको भ्रामक र गलत पोष्ट तथा समाचार प्रसारण प्रति ध्यानाकर्षण भएको जनाएको छ । मधुवन उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भइ रहेको तेस्रो मधुवन औद्योगिक तथा व्यापारीक महोत्सवको विषयमा सामाजिक सञ्जालहरुमा गरिएको भ्रामक र गलत पोष्ट प्रती ध्यानाकर्षण भएको प्रेस विज्ञप्ती मार्फत् जनाएको हो ।

मधुवन नगरपालिकासंगै यस क्षेत्रको साँस्कृतिक, पर्यटकिय, व्यापारीक, कृषि तथा औद्योगिक प्रर्वद्धन गर्ने उद्देश्यले सञ्चालन भइ रहेको महोत्सव सञ्चालनका क्रममा यान्त्रिक गड्बडीले राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हुँदा भएको समस्या प्रति क्षमा माग्दै वास्तविकता नबुझि गलत प्रचार प्रसार गरिएको मधुवन उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा बहादुर रिमालद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यक्रम सञ्चालन गर्दा आउन सक्ने सामान्य समस्याहरुलाई ठुलो समस्याको रुपमा प्रचार गर्दै महोत्सव प्रति नकरात्मक प्रभाव पर्ने गरी सामाजिक सञ्जालमा पोष्ट गरिएको भन्दै आयोजकले ध्यानाकर्षण भएको जनाएको छ ।

तेस्रो मधुवन औद्योगिक तथा व्यापारीक महोत्सवको आयोजक मधुवन उद्योग वाणिज्य संघ, कुसुम्बा बजारले भ्रामक समाचारको पछि नलागि महोत्सव सफल पार्न सम्पूर्णलाई आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.