onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा ठाकुरबाबा नगरपालिका नेपालकै उत्कृष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सम्मान पत्र प्रदान

Sambad ADD long

भुरीगाउँ, बर्दिया : संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा बर्दियाको ठाकुरबाबा नगरपालिका देशभरकै उत्कृष्ट नगरपालिका घोषित भएर सम्मान पत्र प्राप्त गरेको छ । नेपाल नगरपालिका महासंघको विहिबार आयोजित ३२ औं स्थापना दिवसका अवसरमा संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा ठाकुरबाबा नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिका घोषित भएसंगै सम्मान पत्र प्राप्त गरेको मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नगरपालिका महासंघको ३२ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल र उपमेयर विना कुमारी भट्टराईलाई सम्मान पत्र प्रदान गर्नुभएको मेयर लम्सालले बताउनुभयो । नेपाल नगरपालिका महासंघको ३२ औं स्थापना दिवसका अवसरमा नेपाल नगरपालिका संघले ५ विधामा उत्कृष्ट काम गर्ने ६ वटा नगरपालिकाहरुलाई सम्मान गरेको हो ।

देशभरकै उत्कृष्ट कार्य गरेवापत बर्दियाको ठाकुरबाबा नगरपालिकालाई संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई सहरी योजना, पूर्वाधार तथा विपद् व्यवस्थापनका लागि र कलैया उप महानगरपालिकालाई सामाजिक विकासमा पुरस्कृत गरिएको हो । यस्तै वातावरण संस्कृति पर्यटन प्रवद्र्धनमा मध्यपुर थिमी नगरपालिकालाई, आर्थिक विकासमा नवलपरासीको गैँडाकोट नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकालाई उत्कृष्ट पुरस्कार दिइएको छ । नेपाल नगरपालिका संघका केन्द्रीय अध्यक्ष भीम ढुङ्गानाले दोसल्ला ओढाएर तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान पत्र प्रदान गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल र उपमेयर विना कुमारी भट्टराईलाई सम्मान पत्रसहित सम्मान गर्नुभएको हो । संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा नेपालकै उत्कृष्ट हुनु सम्पुर्ण ठाकुरबाबा नगरपालिकाबासीका लागि गर्वको कुरा रहेको मेयर लम्सालले बताउनुभयो । आफु निर्वाचित भएदेखि नै संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा राम्रो गर्दै आएको प्रतिफल अहिले पाएको र थप हौसला मिलेको बताउँदै मेयर लम्सालले नगरपालिकालाई यहाँसम्म पुर्याउन अहोरात्र खटिने सम्पुर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु र सधँै सकारात्मक उर्जासहितको सुझाव, सल्लाह प्रदान गर्नुहुने सम्पुर्ण नगरबासीहरुमा धन्यवाद व्यक्त गर्नुभयो । समनका लागि नेपाल नगरपालिका संघलाई समेत उहाँले आभार प्रकट गर्नुभयो ।

ठाकुरबाबा नगरपालिका देशकै उत्कृष्ट नगरपालिका भएर सम्मानित हुन पाउँदा खुशी लागेको उपमेयर भट्टराईले बताउनुभयो । यसअघि संस्थागत स्वमूल्याङ्कन (लिजा) मा ९५.७५ अंक प्राप्तसहित पहिलो, वित्तीय सुशासन जोखिम (एफ.आर.ए.) मूल्याङ्कनमा पनि पहिलो र कार्यसम्पादन मूल्यांकनमा तेस्रो स्थानमा रहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा नेपाल नगरपालिका संघको ३२ औँ दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादनका आधारमा देशभरका ६ वटा नगरपालिकालाई पुरस्कृत गरिएको हो । नेपाल नगरपालिका संघले संविधानका जानकार काशीराज दाहालको अध्यक्षतामा समिति बनाएर देशभरका नगरपालिकाहरुको कामको मूल्याङ्कन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.