onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

मदन ज्ञवाली : शिक्षकहोस् त त्यस्तो

Sambad ADD long

विक्रम संवत् २०४० को दशकमा नेपाललाई एसियाली मापदण्डमा पुर्‍याउने र सबै नेपालीका आधारभूत आवश्यकता पूरा गर्ने भन्ने राष्ट्रिय अभियान थियो, कागजमा मात्रै सीमित । त्यसको ४० वर्ष बितिसक्दा त त्यस्तो विकास अझै भएको छैन भने त्यो अँध्यारो युगमा कसरी सम्भव हुनु ? तिन ताका रेडियोमा एउटा गन्धर्व गीत गुञ्जन्थ्यो: बाटो छ भिरालो, सानु कसको आँगन कुरेर बसौली, यही लाग्छ पिरलो । शुक्रबारे अतिरिक्त क्रियाकलापको कार्यक्रममा सुमधुर स्वरका धनी मदन सरले यसलाई यसरी गाउनुभयो: एसियाली मापदण्ड कहाँ छ ? सानु भूमिसुधार कार्यालय जहाँ छ, नभने कसैलाई ।

मदन सरका मनोरञ्जन र जागरणका गीत सुन्न उत्सुक नहुने कोही थिएन । पोखिएर घामको झुल्का र मेरो आँखालाई राखने फूलबारी छैन भन्ने गीत गाउँदा म टुलुटुलु हेरेर बसेको थिएँ ।

त्यही बेला हो कि अघिपछि हो लक्ष्मीप्रसाद खनाल (लक्ष्मण)ले लक्ष्मीप्रसाद देवकोटाको पहाडी पुकार पुस्तिकाबाट कविता बाचन गरे: भेडा त बिक्छ रुपैयाँ पाँचमा हामी त बिक्दैनौँ । शिक्षक र विद्यार्थीमा बिस्तारै राजनीतिक चेतना छिर्दै थियो । त्यस बेला यसरी गीत गायो भने अराष्ट्रिय तत्त्वको आरोपमा जेल पुगिने सम्भावना हुन्थ्यो । तर बेलाबेला शिक्षक र विद्यार्थीले वाचन गर्ने यस्ता पङ्क्तिले नेपालको माटो सुहाउँदो भनिएको पञ्चायती व्यवस्थाका दुर्बल पक्षबारे सोच्न घच्घच्याँउथ्यो ।

मदन सरका मनोरञ्जन र जागरणका गीत सुन्न उत्सुक नहुने कोही थिएन । पोखिएर घामको झुल्का र मेरो आँखालाई राखने फूलबारी छैन भन्ने गीत गाउँदा म टुलुटुलु हेरेर बसेको थिएँ । ब्युटी बेटर, ओ माई डार्लिङलाई सेन्डिङ लेटर भनेर ठँट्याउला गीत गाउँदा हाँसेको पनि थिएँ । अनि धन कमाउन भनी विदेश गाको मेरो छोरो, मेरो बाबा हर्कजीत अझै फर्केन भनेर गाउँदा मेरो गला पनि अवरुद्ध भएको थियो ।

उद्घोषणको त झन् के कुरा । रनिङ शिल्ड र टुर्नामेन्टमा कमेन्टेटरका रूपमा सबैले रुचाएका व्यक्ति । कक्षामा पढाइ रहँदा पनि कन्फ्युज हुन्थ्यो उहाँ पढाइ रहनु भएको छ या कुनै कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ ?

कृषि विषय एउटा विज्ञान रहेछ । उहाँको विषयसँग कहीँ कतै मेल नखाने । हामीलाई ८ देखि १० सम्म कृषि उहाँले पढाउनुभयो तर विज्ञानलाई साहित्यजस्तो मीठो तरिकाले पढाइ दिँदा त्यो विषय यति राम्रोसँग बुझियो कि एसएलसीमा सबैभन्दा बढी नम्बर (मेरो हकमा), त्यही विषयमा आयो ।

हाम्रो ब्याचका साथीहरू एक अर्कालाई तँ भन्थ्यौँ, उहाँले आदरपूर्वक तपाईँ भन्न सिकाउनु भयो, आजसम्म हामी त्यही बोल्दैछौँ।
उहाँको विषय नहोस् तर उहाँले पढाउने शैलीले जुन विषय पढाए पनि छर्लङ्ग बुझिने । जुन मान्छेको बोलीमा रस हुन्छ, त्यसले साँच्चै लट्ठ्याउँदो रहेछ । हामी उहाँको स्वरमा लट्ठिएका थियौँ तर उहाँको नजरमा हामी हरिलट्ठक थियौँ वा मेधावी पत्तो भएन किनभने हामीले गल्ती गर्दा पनि सम्झाउने पारा मिठै अनि प्रगति गर्दा पनि प्रशंसा गर्ने पारा मिठै ।

कृषि विषय एउटा विज्ञान रहेछ । उहाँको विषयसँग कहीँ कतै मेल नखाने । हामीलाई ८ देखि १० सम्म कृषि उहाँले पढाउनुभयो तर विज्ञानलाई साहित्यजस्तो मीठो तरिकाले पढाइ दिँदा त्यो विषय यति राम्रोसँग बुझियो कि एसएलसीमा सबैभन्दा बढी नम्बर (मेरो हकमा), त्यही विषयमा आयो । नेपालमा कृषि विषय पनि पढाइ हुन्छ, चितवनको रामपुरमा भन्ने कुरा पहिलो पटक उहाँबाटै सुनेको हुँ । त्यति बेलैदेखि मलाई एग्रिकल्चरमै करियर बनाउन पाए हुन्थ्यो भन्ने लागिसकेको थियो । कल्पना गर्नोस्, आफ्नै विषय त पढाउनुभन्दा पहिले पूरा तयारी गर्नुपर्छ भने अर्कै विषय पढाउँदा कसरी सकिन्छ ? तर त्यो खुबी उहाँमा थियो ।

मैले ९, १० मा शिक्षा शिक्षण पढ्नु परेन तर उहाँले अघिल्ला वर्षका लागि लिएका केही क्लासमा म उपस्थित भएको छु । कालोपाटीका नियमहरू, सिकाइका नियमहरू, सरलताबाट जटिलतातिर, जटिलताबाट सरलतातिर, परिवार नै मानिसको पहिलो पाठशाला, किशोरावस्थामा हुने सिकाइका गतिविधि (जस्तो जाने होइन ? भन्नुपर्‍यो भने राजा राने राहो राइ रान), बालक र बालिकाका सिकाइका स्वभाव र रुचि जस्ता अनगिन्ती कुराहरू चाखलाग्दा थिए ।

केटीहरू किन डोरी नाघ्ने, खुट्टा नाघ्ने खेलतिर आकर्षित हुन्छन् र केटाहरूलाई किन कपर्दी या फुटबल मन पर्छ भन्ने कुरा पनि त्यति बेलै सिकेको हो । मैले केही बढी प्रशंसा गरेजस्तो लाग्दैन किनभने हामी अघिका र पछिका हरेक ब्याच जो उहाँबाट दीक्षित भए, सबैमा उहाँको अमोट छाप छ । शिक्षक आफ्ना विषयमा पारङ्गत हुन्छन्, ट्यालेन्टेड पनि हुन्छन् तर विविध विशेषताले भरिपूर्ण भएर आएका कमै हुन्छन् ती कम भित्र उहाँ पनि पर्नु हुन्छ । उहाँलाई एकपल्ट नेपाल टेलिभिजनमा पनि प्रवेश गर्ने रहर थियो, कार्यक्रम प्रस्तोताको रूपमा । नेपाल टेलिभिजन खुलेको केही वर्ष मात्रै भएको थियो, उहाँले कोसिस गर्नुभयो या भएन थाहा भएन तर उहाँ त्यसका लागि पनि उपयुक्त हुनुहुन्थ्यो ।

शिक्षकलाई जाँच्ने सबैभन्दा ठुलो कसी त उसको विषयमा विद्यार्थीले ल्याउने अङ्क नै हो । मैले यो दाबी गरेँ भने शायद गलत नठहर्ला (केही अपवाद बाहेक) कि अरू सबै विषयमा फेल भएको मान्छे पनि उहाँको विषयमा चाहिँ पास भइरहेको हुन्थ्यो । एउटा सफल शिक्षकका लागि यसभन्दा अरू केही प्रमाणपत्र चाहिन्छ ?

सन् २०१४ को कुरा हो । त्यति बेला नेपालमा पनि फेसबुक लोकप्रिय भैसकेको थियो तर इन्टरनेटमा पहुँच थोरै मानिसको मात्रै थियो । स्कुलबाट टाढिए पछिको २४ वर्षपछि एक दिन मदन सरसँग फेसबुक च्याटमा भए पनि भेट्ने अवसर मिल्यो । मलाई लागेको थियो सरले केही विस्तृत कुरा गर्नुहोला । अहिलेको शैक्षिक परिस्थिति, देशको अवस्था, चुरेको प्रगतिको बारेमा यस्तै यस्तै । तर उहाँ म मा मात्र केन्द्रित हुनुभयो ।

मान्छे उमेरले जतिसुकै पाको बन्दै जाओस् जब आफूलाई लेख्न पढ्न सिकाएका शिक्षकका अगाडि उभिन्छ, उसले आफूलाई बालकै जस्तो अनुभव गर्दो रहेछ

बाबुको कपाल झरेछ है, भनेर म्यासेज आउँदा स्कुल पढ्दा उहाँले कपाल सुमसुम्याएको याद आयो । अरू भाइबहिनी कहाँ छन् ? भनेर सोध्दा एउटा अभिभावकले आफ्ना हराएका सन्तानको खोजी गरेजस्तो लाग्यो । मनको कुरा पूरा होस् भन्ने आशीर्वाद पाएपछि मनै फुरुङ्ग भएर आयो । अनि अस्ट्रेलियामा अध्ययनरत रहेको त्यो बेला नेपालमै बसेर केही गर्नुपर्छ भन्ने आग्रह गर्नुहुँदा बूढा भएका बा आमाले घरमै बस् । हामीलाई, यो घरबारीलाई छोडेर कहीँ नजा । यो सब कसले जिम्मा लिन्छ ? भनेर गुनासो गरेझैँ लाग्यो ।

मान्छे उमेरले जतिसुकै पाको बन्दै जाओस् जब आफूलाई लेख्न पढ्न सिकाएका शिक्षकका अगाडि उभिन्छ, उसले आफूलाई बालकै जस्तो अनुभव गर्दो रहेछ, मैले पनि त्यही अनुभव गरेँ । मैले पहिले र अहिलेको तुलना गर्दै सर र विद्यार्थीको सम्बन्धको कुरा पनि गरेँ, अहिले यो सम्बन्धमा केही रिक्तता आएको हो कि ? भनेर प्रश्न पनि गरेँ । उहाँले एक वाक्यमा उत्तर दिनुभयो, “सबैलाई सम्मान चाहिन्छ, यो मान्छेको नेचर हो ।” उहाँले थप्नुभयो, “टिचर र विद्यार्थी दुवैले एक अर्कालाई इज्जत दिन सक्नुपर्छ ।” मलाई लाग्यो, शायद दुवै तर्फको यही सोचाइले हाम्रो सम्बन्ध आज पर्यन्त प्रगाढ रहेको हो कि ?

मैले भनेँ, जुन विद्यार्थीले सरलाई इज्जत दिन सक्दैनन्, तिनमा अनुशासन पनि हुँदैन र प्रगति पनि गर्दैनन् । कुन टिचरले चाहँदो हो मेरो शिष्य असफल होस्, गए गुज्रेको होस् । उसबाट कति लिन सकिन्छ त्यो शिष्यको क्षमतामा भर पर्छ तर शिक्षक स्वयं पनि उदाहरणीय भएर पेस भयो भने शिष्यलाई बाध्यता हुन्छ, मैले सरको नजरमा गिर्नबाट जोगिनुपर्छ भन्ने, अनि बल्ल उसले प्रगति गर्छ ।

चूरेले हालैका दिनमा गरेको प्रगति उहाँजस्तै सबै शिक्षकहरूले काँध थापेको जगमा उभिएर भएको हो । यो कुरा चूरेले पक्कै बिर्सेको छैन । शायद चूरेले आफूसँग नयाँ पुस्ताका एक से एक मूर्धन्य शिक्षक हस्ती पाएर पनि अझै सपना देखिरहेको होला: शिक्षक होस् त मदन सरजस्तो । रहँदा बस्ता महत्त्वहीन लागे पनि मान्छेको महत्त्व उसको रिक्तता पछि मात्र महसुस हुन्छ । मलाई जहिले जहिले कलेजका विविध विषयका अप्ठ्यारा च्याप्टरहरू बुझ्न कठिन हुन्थ्यो, त्यो बेला मदन सरको झझल्कोले सताउँथ्यो ।

Leave A Reply

Your email address will not be published.