onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया : बगनाहामा भएको सडक दुर्घटनाका घाइते मक्कुराम थारुको निधन

Sambad ADD long

बगनाहा, बर्दिया : दुई साता अघि फागुन १६ गते माेटरसाइकल दुर्घटनामा गम्भीर घाइते हुनुभएका ठाकुरबाबा नगरपालिका-५, बनकट्टी गाउँका मक्कुराम थारुकाे निधन भएको छ ।

चुरे माध्यमिक विद्यालय बगनाहाका पुर्व शिक्षक एवम् समाजसेवी ६३ वर्षिय मक्कुराम थारुकाे उपचारका क्रममा नेपालगन्जमा हिजाे निधन भएको पारिवारिक श्राेतले जनाएको छ ।

भुरीगाउँ गुलरिया हुलाकी सडकखण्ड अन्तर्गत ठाकुरबाबा नगरपालिका ३ बगनाहा बजार नजिक माेटरसाइकल दुर्घटना हुँदा माेटरसाइकलमा सवार ५८ वर्षिय दरबारिया थारुकाे घटनास्थलमै ज्यान गएको थियाे भने मक्कुराम थारु गम्भीर घाइते हुनु भएको थियाे ।

नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उहाँकाे हिजो शुक्रबार निधन भएको चिकित्सकले बताएका छाेरा शुरेश कुमार थारुले जानकारी दिनुभयाे ।

दिवंगत मक्कुराम थारु २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट ठाकुरबाबा नगरपालिकाको नगर प्रमुखको उम्मेद्वार हुनुहुन्थ्यो भने बगनाहाकाे चुरे माध्यमिक विद्यालयको पूर्व शिक्षक तथा लेखापाल समेत हुनुहुन्थ्यो ।

हुलाकी सडकमा पर्ने बगनाहाकाे चुरे क्याम्पस जाने बाटाेकाे कल्भर्ट नजिक भुरीगाउँबाट बनकट्टीतर्फ जाने क्रममा भे. १२ प ११०८ नम्बरको मोटरसाइकल र भे. १ स ८६३२ नम्बरको अटाे आपसमा ठोक्किएको थियो ।

Leave A Reply

Your email address will not be published.