हाम्रो बारेमा

पत्रकारिता समाजको ऐना हो । तर, अहिलेको परिवेशलाई नजिकबाट नियाल्ने हो भने पत्रकारिता क्षेत्र ब्यापारिक क्षेत्रका रुपमा परिवर्तन भएको आभाष हुन थालेको छ । समाचारका नाममा दिगभ्रमित बनाउने शिर्षक सहितको समाचारहरु प्रकाशन भई रहेका छन् । जसका कारण आम जनमानसमा समाचारको वास्तविकता भन्दा पनि भ्रमित बनाउने कुराहरु छिटो फैलिइरहेको छ ।
डिजिटल माध्यमबाट पाठकहरुलाई स्वतन्त्र र सन्तुलित समाचार, विचार र लेखहरु पस्कनका लागि हामी आएका छौं । अर्थात् हामी ‘निष्पक्ष खोज पत्रकारिता’को नारा लिएर onlinesambad.com को माध्यमबाट डिजिटल पत्रकारिता क्षेत्रमा होमिएका छौं । हामी अर्थात् onlinesambad.com समाजलाई जस्ताको तस्तै देखाउनेछौंँ पाठकहरुलाई । यो हाम्रो बाचा हो । हामी ढिलो नै सही तर सत्य खबर पाठकहरुलाई दिनेछौं । पत्रकारितामा गल्ति अक्षम्य छ । हामी अवसरको सदुपयोग गर्नेछौं ।
अन्त्यमा,
हामी यो यात्रामा निस्किएका छौं तपाईंहरुको सहयात्री बनेर । हामीलाई यो यात्रामा सफल हुन पाठकहरुको सहयोग अनिवार्य रहेको छ । हामी सदैब सुझावको प्रतीक्षामा छौं । धन्यवाद ।
भावुक बर्दिया कम्युनिकेशन नेटवर्क प्रा.लि.
गुलरिया नगरपालिका–४, बर्दिया
+९७७-९८५८०-५०९६१ , ९८१२४-२०६२०
news@onlinesambad.com / bbcnbardiya@gmail.com
onlinesambad.com