
भुरीगाउँ, बर्दिया : प्रथम ठाकुरबाबा प्रादेशिक महोत्सवको आयोजक संस्था ठाकुरबाबा उद्योग वाणिज्य संघ, भुरीगाउँले सामाजिक सञ्जालहरुमा आएका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । हिजो शनिबार महोत्सवको समाचार संकलनका लागि गएका रेडियो टाइगरका पत्रकार माथी भएको दुव्र्यवहारको सन्दर्भमा सामाजिक सञ्जालमा आएको खबरले ठाकुरबाबा उद्योग वाणिज्य संघको ध्यानाकर्षण भएको जनाएको हो ।
समाचार संकलनका लागि माघ १९ गते शनिबार महोत्सव स्थलमा पुग्नु भएका रेडियो टाइगरमा कार्यरत पत्रकार सौगात श्रेष्ठलाई आयोजकको आदेश भन्दै सुरक्षाकर्मीले स्टेजमा दुव्र्यहार गरेका थिए । ठाकुरबाबा उद्योग वाणिज्य संघका अध्यक्ष गणेश कुँवर र महासचिव गोपाल निरौलाले आफुहरुलाई सो घटनाको विषयमा सुरुमा थाहा नभएको र सामाजिक सञ्जालहरुमा खबर सम्प्रेषण भएपछि जानकारी पाएको बताउँदै पत्रकार माथी भएको र्दुव्यवहार प्रति आयोजकका तर्फबाट माफी माग्नुभएको छ ।
पत्रकार माथि भएको दुव्र्यवहार निन्दनिय भएको भन्दै रेडियो टाइगर र प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाले आपत्ती जनाएपछि महोत्सवको आयोजक संस्था ठाकुरबाबा उद्योग वाणिज्य संघका अध्यक्ष गणेश कुवँर र महासचिव गोपाल निरौला शनिबार साँझदेखि निरन्तररुपमा रेडियोको कार्यालयमा नै आएर सम्बन्धित विषयमा जानकारी र छलफलमा सक्रिय हुनुभएको थियो ।
महोत्सवको आधिकारिक मिडिया पार्टनरको रुपमा रहेको रेडियो टाइगरका पत्रकार माथि सुरक्षाकर्मीको प्रयोग गरी किन दुव्र्यवहार गरियो भन्ने प्रश्नमा उद्योग बाणिज्य संघका अध्यक्ष कुवँरले पत्रकारलाई सुनियोजित ढंगबाट हटाउन नखोजेको बताउँदै गल्तीले बाउन्सरले धक्याएर तल पठाएकोमा आफुहरु पनि दुःखि भएकाले यस विषयमा आयोजकलाई माफी दिन आग्रह गर्नुभयो ।
दुव्र्यवहारमा पर्नुभएका रेडियो टाइगरमा कार्यरत पत्रकार सौगात श्रेष्ठका अनुसार आयोजक संस्थाका मुख्य व्यक्तिहरुनै आएर सम्बन्धित विषयमा छलफल गरि गल्ती स्वीकार गरेकाले आयोजकको तर्फबाट गरिएको अनुरोध स्वीकार गर्दै सो विषयमा अव थप चर्चा नगर्ने सहमती गरिएको बताउनुभयो ।