
बर्दिया : गुलरिया-राजापुर हुलाकी सडकखण्डमा पर्ने मधुवन नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
गुलरियाबाट सानोश्रीतर्फ आउँदै गरेकोे भे ६ प ५४१ नम्बरको मोटरसाइकल र मधुवनबाट गुलरिया तर्फ जाँदै गरेको भे १३ प २६६९ नम्बरको मोटरसाइकल मधुवन नगरपालिका ८ लालसिँह चोक नजिक सनिवार राति ११ बजेतिर आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको प्रहरीले जनाएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक मधुवन नगरपालिका ८ का ३२ वर्षिय टंक बहादुर बिसि र अर्का मोटरसाइकल चालक गुलरिया नगरपालिका २ का २८ देवानन्द यादवको जिल्ला अस्पताल गुलरिया पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी चक्र डम्बर पालले जानकारी दिनुभयो ।
यादवको मोटरसाइकलमा सवार गम्भीर घाइते अनुपम यादवलाई थप उपचारका लागि राति नै नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।