onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

समयसन्दर्भ : चुरे माविको इतिहास र वर्तमानका कुरा

Sambad ADD long

विक्रम संवत् २०३० साल पुस ३ गते स्थापना गर्ने निर्णय भइ विक्रम संवत् २०३२ साल पुस १ गते चुरे निम्न माध्यमिक विद्यालयको नामबाट बिधिवत् सञ्चालित विद्यालय नै चुरे माध्यमिक विद्यालयको रुपमा अघि बढ्यो ।

विक्रम संवत् २०१९ सालमा तिर्थ बहादुर शाहको पहलमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नामबाट सुरुवात भएको र पछि खड्ग विक्रम शाहले शाहिपुरबाट स्थानान्तरण गरि बगनाहामा सञ्चालन गरेको विद्यालय, उहाँ सहित डम्बर बहादुर शाह, रणेन्द्र हमाल, श्रीराम थारु लगायतको पहलमा विक्रम संवत् २०३० साल पुस ३ गते स्थापना गर्ने निर्णय भइ विक्रम संवत् २०३२ साल पुस १ गते चुरे निम्न माध्यमिक विद्यालयको नामबाट बिधिवत् सञ्चालित विद्यालय नै चुरे माध्यमिक विद्यालयको रुपमा अघि बढ्यो ।

२०३४ साल माघ ४ गते कक्षा ९ सञ्चालन गरेको विद्यालयले २०३५ सालमा पहिलो पटक एस.एल.सी. परिक्षामा आफ्नो विद्यार्थी सामेल गरायो । यस विद्यालयको पहिलो नेतृत्व रण बहादुर शाहले गर्नुभयो र प्रधानाध्यापकको जिम्मेवारी शिवराज जोशिलाई दिइयो । यो विद्यालय बर्दिया जिल्ला मै तेश्रो माध्यमिक विद्यालयको रुपमा स्थापित भयो । यस विद्यालयले २०५६ साउन १६ गतेबाट उच्च माध्यमिक तह स्वीकृति लिएर कक्षा ११ सञ्चालनमा ल्यायो । कक्षा सञ्चालन संगै यो विद्यालय बर्दियाको चौँथो उच्च माध्यमिक विद्यालय बन्यो । विद्यालयले २०७२ भदौ २७ गतेबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT)बाट बाली विज्ञानको स्वीकृति लिएर देशलाई आवश्यक प्राविधिक जनशक्ती उत्पादनको थालनी गरेको छ । २०७३ भदौ १४ गते देखि कृषि र त्यस पछि भेटेनरी वियमा डिप्लोमा तहको पढाई सञ्चालन गर्दै आइरहेको छ ।

विभिन्न कालखण्डमा विद्यालयलाई सामाजिक व्यक्तित्वहरु मृगेन्द्र बहादुर सिंह, रमेश बहादुर शाह, श्रीराम थारु, राजबिक्रम शाह, खड्ग विक्रम शाह, हरि प्रसाद जोशी, देबि प्रसाद देबकोटा, डबल सिंह सावँद, घननारायण श्रेष्ठ, गगन सिंह भण्डारी, मक्कुराम थारु, प्रेम प्रसाद खनाल लगायतको नेतृत्वमा विद्यालय व्यवस्थापनका कामहरु भयो । प्रशासनिक रुपमा विद्यालयको प्रधानाध्यापक भइ लामो समय कृष्ण प्रसाद पौड्यालले नेतृत्व प्रदान गर्नुभयो । समयक्रममै राम प्रसाद शर्ना, भिम सुबेदी, डम्बर ध्वज थापा, भवनाथ झा, तिलक प्रसाद खनाल, बिद्यादेबी शर्मा, नन्दराम अधिकारी, बालकृष्ण आचार्यले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भयो ।

ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ३ मा रहेको यो विद्यालयले उत्कृष्ट शैक्षिक गन्तब्य तथा अब्बल शैक्षिक संस्थाको रुपमा आफुलाई स्थापित गरेको छ । विद्यालयका उत्पादित जनशक्तिहरु देशको राजनीतिक तथा प्रशासनिक उच्च ओहोदामा रहेर समाजको नेतृत्व गरिसक्नु भएको छ ।

विद्यालयको स्थापना देखि हालसम्म विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवा, नागरिक अगुवा व्यक्तिहरुको विद्यालयको समग्र विकासमा अमुल्य योगदान रहेको छ । निर्वाचित जनप्रतिनिधिहरु, बडघर, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था, स्थानीय समुदाय, शिक्षक, अभिभावकहरुको योगदान स्मरण योग्य छ, तथापी ती सबै व्यक्तित्वको नाम उल्लेख गर्दा लेख अलि लामो हुन जाने हुनाले यहाँ उल्लेख गर्न सकिएन त्यसका लागि क्षमा चाहान्छु ।

ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ३ मा रहेको यो विद्यालयले उत्कृष्ट शैक्षिक गन्तब्य तथा अब्बल शैक्षिक संस्थाको रुपमा आफुलाई स्थापित गरेको छ । विद्यालयका उत्पादित जनशक्तिहरु देशको राजनीतिक तथा प्रशासनिक उच्च ओहोदामा रहेर समाजको नेतृत्व गरिसक्नु भएको छ । विभिन्न सरकारी गैर–सरकारी क्षेत्रहरु, उद्योग बाणिज्य, कृषि, प्रविधिक क्षेत्रमा रहेर देश विकासको अभियानमा जुटिरहनु भएको छ । हाल विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष समेत रहनु भएका उर्जाशिल युवा श्रीकृष्ण थारु र प्रधानाध्यापकको जिम्मेवारी राजेश यादवले सम्हाल्नु भएको छ ।

नेपालको संविधान २०७२ले स्थानीय सरकारलाई माध्यमिक तहसम्मको शैक्षिक व्यवस्थापनको जिम्मेवारी दियो । स्थानीय तहको पुर्नसंरचना पश्चात् स्थापित ठाकुरबाबा नगरपालिकाले सम्बन्धित वडामा रहेका शैक्षिक संस्थाहरुको व्यवस्थापनको जिम्मेवारीमा निर्वाचित जनप्रतिनिधिहरुको भुमिका महत्वपूर्ण हुन्छ भन्ने विश्लेषण गर्‍यो । हिजो एकात्मक तथा केन्द्रीकृत राज्य प्रणालीमा स्थानीय निकायहरु नेपाल सरकार, स्थानीय विकास मन्त्रालय र जिल्ला विकास समितिको मातहतमा रहेर काम गर्ने एउटा इकाइको रुपमा स्थापित थिए । आजका स्थानीय तहहरु स्थानीय सरकारको रुपमा कानुनले निर्दिष्ट गरेका आधारहरु भित्र स्वायत्व संस्थाको रुपमा स्थापित छन् ।

त्यो बेलाको वडा र वडाध्यक्षको भुमिका, नगरको भुमिका अनि अहिलेको वडा र वडाध्यक्षको भुमिकामा धेरै नै फरक छ । त्यही यथार्थलाई दृष्टिगत गरि शैक्षिक रुपान्तरणको मियोको रुपमा वडामा निर्वाचित जनप्रतिनिधिको समन्वय र अगुवाइमा शैक्षिक विकासलाई अघि बढाउन प्रयत्न गरियो । अधिकारलाई जति विकेन्द्रीत गर्न सकियो त्यतिकै मात्रामा जिम्मेवारी उत्तरदायित्व पनि हस्तान्तरण हुँदैजान्छ, फलतः सोही बमोजिम जवाफदेहिताको क्षेत्र बिस्तार हुन्छ । सुशासनको प्रवर्धनको लागि यो नै लोकतान्त्रिक उपाय हो । जस्लै परिवर्तनमा सबैको भुमिकालाई परिभाषित गर्छ भन्ने मान्यताका आधारमा नगरले नीति बनाएको देखिन्छ ।

बर्दिया जिल्लाकै पुरानो यो विद्यालयको शैक्षिक विकासका लागि नगरपालिकाले संघ, प्रदेश सरकार तथा विभिन्न गैर–सरकारी संस्थाहरुसंग मिलेर विद्यालयको भवन, शौचालय, खेल्नेचौर, पुस्तकालय, प्रयोगशाला लगायत पुर्वाधार तथा सन्दर्भ सामग्रीको व्यवस्थापन गरिदिएको छ ।

परिवर्तित सन्दर्भमा अभिभावकको चाहनालाई आत्मसाथ गर्दै चुरे माध्यमिक विद्यालयले २०७६ साल देखि अङ्रेजी माध्यमको समेत छुट्टै सेक्टर सञ्चालन गर्दै यस वर्ष एस.इ.इ.मा विद्यार्थी सामेल गराएको छ । नेपाली माध्यम, अङ्ग्रेजी माध्यम र प्राविधिकधार सञ्चालन गर्दै विद्यालयको गुणस्तर सुधारका लागि व्यवस्थापन समितिले नियमित अभिभावक भेटघाट र अभिभावक शिक्षामा जोड दिएको छ । विद्यालयको सामान्य मरमत लगायत शैक्षिक सुधारको लागि शिक्षक तालिम, अभिभावक उत्प्रेरणा लगायतको कार्यमा वडाले लगानी गरेको छ, साथै नगरपालिका संगको साझेदारीमा वडाको सहयोगमा दुई वटा विद्यालय बस खरिद गरि यातायातको प्रबन्ध गरिएको वडाध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष बताउनु हुन्छ ।

विद्यालय प्रती अभिभावकको चासो र बिस्वास बढ्दै गैइरहेको छ । विद्यालयमा अहिले अङ्रेजी माध्यम तर्फ ४४४ जना, नेपाली माध्यम तर्फ ९७३ जना र प्राविधिक तर्फ १७० गरि जम्मा १ हजार ५८७ जना विद्यार्थी अध्ययन गर्छन् । विद्यालयले नजिकैको निजि विद्यालयलाई पनि आफुमा समाहित गरेको छ । सरकारी अनुदान तथा विद्यालयको आन्तरिक श्रोत समेत गरि ५३ जना शिक्षक कर्मचारी विद्यालयमा कार्यरत छन ।

बर्दिया जिल्लाकै पुरानो यो विद्यालयको शैक्षिक विकासका लागि नगरपालिकाले संघ, प्रदेश सरकार तथा विभिन्न गैर–सरकारी संस्थाहरुसंग मिलेर विद्यालयको भवन, शौचालय, खेल्नेचौर, पुस्तकालय, प्रयोगशाला लगायत पुर्वाधार तथा सन्दर्भ सामग्रीको व्यवस्थापन गरिदिएको छ । नगर शिक्षक, बालबालिकालाई न्यानो पोशाक, निःशुल्क पाठ्यपुस्तक, कक्षा वालविकास देखि कक्षा पाँचसम्म दिवा खाजाको प्रबन्ध पनि गरिएको छ । विद्यालयले विद्यालयमा चमेना गृहको व्यवस्था गरेको छ ।

विद्यालयको समग्र विकासमा सबैको सहयोग प्रतिबिम्बित भएको देख्न पाइन्छ । विद्यालय व्यवबस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक विद्यालयको भावी योजना र सुधारमा स्पष्ट र प्रतिवद्द भएको कुरा व्यक्त गर्नुहुन्छ । बर्दियाकै पुरानो अनि अग्रणी यो शैक्षिक संस्थालाई उत्तरोत्तर प्रगतीको शुभकामना छ ।

प्रकाशित लेखमा समावेश भएका विचारहरु लेखकका व्यक्तिगत विचारहरु हुन् । – सम्पादक

Leave A Reply

Your email address will not be published.