onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

राजापुरमा रूपान्तरण शिक्षा कार्यक्रम

Sambad ADD long

राजापुर, बर्दिया : राजापुर नगरपालिकामा तीन महिने रूपान्तरण शिक्षा कार्यक्रम सुरु भएको छ ।  राजापुर नगरपालिकामा सञ्चालित सामुदायिक सशक्तीकरण तथा विकासका लागि स्थानीय पहल परियोजना अन्तरगत रूपान्तरण शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा राजापुर नगरपालिका वडा नम्बर ७, ८ र ९ मा गठित २६ समूहका ७३५ जना सदस्यहरूको सहभागिता रहेको छ । समूहका सदस्यहरूमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थारु महिला उत्थान केन्द्रका कार्यक्रम व्यवस्थापक तेजमणि पन्तले जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई पनि निर्णायक तहसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । समाजमा हुने लैङ्गिक विभेद तथा विभेदकारी प्रभावहरूलाई न्यूनीकरण गर्दै सभ्य र समतामूलक समाज निर्माण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

स्थानीय समूह तथा समुदायमा आधारित संस्थाका १० जना अगुवा युवा सदस्यहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरी उनीहरूमार्फत समूहमा कक्षा सञ्चालन गर्ने गरी परिचालन गरिएको पन्तले जानकारी दिनुभयो । सहभागीहरूलाई सामान्य साक्षर बनाउन सहयोग गर्ने र समुदायमा घट्न सक्ने विभिन्न घटना तथा हिंसा नियन्त्रणमा सहयोग मिल्ने अपेक्षा गरिएको समेत उहाँले बताउनुभयो । थारु महिला उत्थान केन्द्रले लुथेरन विश्व फेडरेशनको सहयोगमा राजापुर नगरपालिकाका विभिन्न वडाहरूमा सामुदायिक सशक्तीकरण तथा विकासका लागि स्थानीय पहल परियोजना अन्तर्गत कार्यक्रम गर्दै आएको छ ।

यसै गरी अन्य परियोजना मार्फत बर्दिया र कैलाली लगायतका जिल्लाहरूमा जीविकोपार्जन, जलवायु परिवर्तन र विपद् व्यवस्थापन, स्वास्थ्य, पोषण लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.