onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा नगरस्तरीय परिक्षामा उपप्रमुखमा पराजित उम्मेदवारले परीक्षा दिँदै

४३ वर्षिया जानुका पाण्डे र ३४ वर्षिया नन्दकला जैशी पनि कक्षा ८ को परिक्षामा सहभागि

Sambad ADD long

भुरीगाउँ, बर्दिया : पढाइलाई उमेर र कामले पनि छेक्दैन । बर्दिया ठाकुरबाबा पालिकामा यसअघि भएको स्थानीय तह निर्वाचनमा उप प्रमुख पदमा उम्मेदवार रहि पराजित हुनुभएकी ३६ वर्षीया आशाकुमारी थारु कक्षा ८ को परीक्षामा सहभागी हुनुले यही भनाइलाई पुष्टि गर्छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर १ डुम्रेनी निवासी आशा कुमारी थारु भुरीगाउँको त्रिभुवन नमुना माध्यामिक विद्यालयबाट यस वर्षको पालिका स्तरिय कक्षा ८ को परीक्षामा संलग्न हुनुभएको छ ।

कक्षा ७ मा पढ्दापढ्दै वि.सं. २०६३ सालमा पढाइ छोडनु भएकी उहाँ यसै वर्ष जनचाहना आधारभुत विद्यालयमा कक्षा ८ मा भर्ना हुनुभएको थियो । ‘पढाइलाई उमेरले छेक्दैन भन्ने मान्यतालाई आत्मसात् गर्दै परीक्षामा सहभागी भएको हुँ’ उहाँले भन्नुभयो । आर्थिक अवस्था कजोर रहेको र त्यतिबेला घर परिवारले छोरी मान्छेले पढ्नु हुन्न भनेपछि सानोमा पढ्दा पढ्दै छोडेको भएपनि हरेक क्षेत्रमा अगाडि बढ्न पढाइ महत्वपूर्ण हुने भएकाले पुनः पढाइ शुरु गरेको उहाँको भनाइ छ ।

‘सानो उमेरमा पढ्ने रहर हुँदा पनि घरपरिवारबाट पढ्न हुन्न भनेपछि पढ्न छोडेँ । बि.सं. २०७७ सालमा महिला स्वास्थ्य स्यमंसेविका बन्ने रहर पनि कक्षा ८ नपढेकै कारण बन्न सकिन, त्यतिबेला पढेको भए, अहिले धेरै सजिलो हुन्थ्यो’ उहाँले भन्नुभयो । ‘राजनीति गर्दा पनि शिक्षा महत्वपूर्ण हुने रहेछ, आशा कुमारी थारुले भन्नुभयो, ‘त्यसैले राजनीतिक हिसाबले पनि अगाडि बढ्न पढाइलाई निरन्तरता दिएकी हुँ ।’

नेकपा माओबादी केन्द्रबाट यसअघिको स्थानीय तह निर्वाचनमा उपमेयर पदमा उम्मेदवार रहनुभएका उहाँ पराजित हुनुभएको थियो । आफूले बीचमै पढाइ छोडेको सम्झीँदै उपमेयरको उम्मेदवार हुँदादेखि पढाइको महत्व बुझेर निरन्तरता दिन लागेको बताउनुभयो । उहाँका छोराछोरीले पनि कक्षा ५ र ९ को परिक्षा दिईरहेका छन् ।

कक्षा ८ को परिक्षा दिँदै ४३ वर्षीया जानुका पाण्डे
जे सुकै कारणले पढाइ छुटेको भएपनि इच्छाशक्ति भएमा अध्ययनलाई पुनः अघि बढाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, ठाकुरबाबा नगरपालिका १ भुरीगाउँकी ४३ वर्षिया जानुका पाण्डे । उमेर छँदा पढ्न सकिएन भनेर पछुतो मान्नेहरुका लागि त जानुका झन् दरिलो उदाहरण बन्नुभएको छ ।
ठाकुरबाबा नगरपालिकामा आधारभूत तह कक्षा ५ र ८ को नगरस्तरीय परीक्षा चलिरहेको छ । सोहि परीक्षामा १३, १४ वर्षका बालबालिकाहरुको बीचमा ४३ वर्षीया जानुका पाण्डे पनि मिसिनु भएको छ । ठाकुरबाबा नगरपालिका १ भुरीगाउँकी जानुका पाण्डे आत्मविश्वासका साथ परीक्षामा सहभागी हुनुभएको छ । उहाँले त्रिभुवन नमुना माध्यामिक विखलय परीक्षा केन्द्रबाट परिक्षा दिईरहनुभएको छ ।
जानुका पाण्डे ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरीगाउँमा रहेको रामजानकी आवासिय माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यय्नरत हुनुहुन्छ । पाण्डेले आफ्ना दुई छोराले उच्च शिक्षा हासिल गरिरहेकाले आफुलाई पनि पढ्न मन लागेर विद्यालय भर्ना भएको बताउनुभयो ।


यस्तै ‘पढ्ने रहलाई उमेरले छेक्दैन’, भनाईलाई बर्दियाको ठाकुरबाबा नगरपालिका १, डुम्रेनी गाउँकी ३४ वर्षिया नन्दकला जैशीले पुष्टि गर्नु भएको छ । उहाँ कक्षा ८ को परिक्षामा सहभागी हुुनुहन्छ । उहाँका छोरछोरी पनि कक्षा ५ र ९ को परिक्षामा सहभागि छन् ।

२०६० सालमा ७ कक्षा पास भएपनि त्यसपछि पढ्न नपाएकोमा अहिले आएर बल्ल कक्षा ८ को परिक्षामा सहभागी हुन पाएको उहाँले बताउनुभयो । पहिला घरायसी र अन्य कारणले पढाईलाई निरन्तरता दिन नसकेपनि अहिले घर परिवारको साथ, सहयोग र प्रेरणाले डुम्रेनी गाउँको जनचाहना आधारभुत विद्यालयमा कक्षा ८ मा भर्ना भएर पढाईलाई निरन्तरता दिएको उहाँको भनाई छ । पढाईको महत्व अहिले आएर बल्ल महशुस भएको भन्दै उहाँले जति दुःख भएपनि एसईसम्म पढ्ने बताउनुभयो । इच्छाशक्ति भएमा पढ्नका लागि उमेरले छेक्दैन त्यसैले पढ्ने इच्छा शक्तिले अरुलाई पनि प्रेरणा मिल्ने ठाकुरबाबा नगरपालिका शिक्षा सुपरिवेक्षक नन्दराम अधिकारीले बताउनुभयो ।

आइतबारबाट सुरु भएको आधारभूत तह कक्षा ५ र ८ को पालिका स्तरिय परीक्षामा ठाकुरबाबा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत गरी ९ वटा वडाका ९ वटा माध्यामिक विद्यालयमा संचालन भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.