रबिन्द्र अनुरागका तीन मुक्तक

मुक्तक-१

छोड्नै मान्दैनन् कहिले साथ, खुशी पाएपछि ।
भुल्ने रहेछन् आफ्नै औकात, खुशी पाएपछि ।
शकुनिको चलाखिमा पाण्डवहरू लुटिए झैँ,
मलाई मेरै मित्रले पारे बर्बाद, खुशी पाएपछि ।।

 

मुक्तक-२

बाध्यताले भरोसा लिन हिम्मत जुटाएको हुन्छ ।
अवसर सँगसँगै ठुलो चुनौती पनि आएको हुन्छ ।
कसै माथि यति भरोसा पनि नगर्नुहोस् महोदय,
कहिलेकाहीँ स्वयम् आँखाले मोती बिराएको हुन्छ ।।

 

मुक्तक-३

न त कसैको मनमा भेटियो न कतै सफरमा भेटियो ।
बरू चाहे जति खुशी आफ्नै मफलरमा भेटियो ।
बर्षौँ देखि संकल्प गरिएको एउटा दृढ अभिलाषा,
आज म रोएकै पल मेरा मित्रको अधरमा भेटियो ।।

Loading...