कमल बिसी माल्दाईको संगीतमा ‘मायाले संसार थाम्दैन’ सार्वजनिक (भिडियो)

काठमाण्डौ : कमल बि.सी. माल्दाई र सुनिता बुढा क्षेत्रीको आवाजमा मायाले संसार थाम्दैन बोलको गीत सार्वजनिक भएको छ । गीतमा अस्मिता निरौला ‘सीता’को शब्द तथा कमल बि.सी. माल्दाईको संगीत रहेको छ ।

चर्चित गायक तथा मोडल अर्जुन सापकोटा र रुबिना अधिकारीको नृत्य समावेश भएको सो गीतको भिडियो स्मीता स्नेहा इन्टरटेन्मेण्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतले मायामा हुने बाचा, कसम तथा हरेकपलमा आउने झझल्कोले माया गरेको मान्छेलाई भुल्न नसकिने विषयवस्तुलाई प्रमुख केन्द्र बिन्दुमा राखेको गायक बि.सी.ले जानकारी दिनुभयो ।

स्मृती तिमिल्सीना ‘गुरुआमा’को कोरियोग्राफी तथा निर्देशनमा भिडियो तयार भएको हो ।

भिडियो हेर्नुहोस् >>>

Loading...