online-aama-surachhya-sandesh

रेडियो टाइगरको प्रशारण अब नेपाली पात्रोबाट पनि

Sambad ADD long

भुरीगाउँ, बर्दिया : रेडियो टाइगर ९९.२ मेगाहर्जको प्रशारण अब लोकप्रिय मोबाइल एप ‘नेपाली पात्रो’बाट पनि सुन्न सकिने भएको छ । मासिक एक करोड भन्दा धेरै प्रयोगकर्ता रहेको लोकप्रिय मोबाइल एप नेपाली पात्रोबाट रेडियो टाइगरको प्रशारण प्रत्यक्ष समयमा सुन्न सकिने गरी ब्यवस्थापन गरिएको रेडियोका स्टेशन म्यानेजर राम बहादुर चौधरीले बताउनुभयो ।

रेडियो टाइगर लुम्बिनी प्रदेशको सुदुर जिल्ला बर्दियाको ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँबाट २०७३ साउन १ गतेबाट प्रसारण शुभारम्भ भएको ब्यवसायिक रेडियो हो । २०७२ सालको असार महिनामा रेडियो टाइगरले ईजाजत पत्र पाए पनि देशमा नाकाबन्दि र बन्द हडतालका कारण एक वर्ष पछी २०७३ सालको साउन महिनामा स्थापना गरिएको हो ।

बर्दिया जिल्लालाई आफ्नो सेवा क्षेत्र बनाएर १०० वाट क्षमताबाट रेडियो टाइगर एफ. एम ८८.२ मेगाहर्ज कलसाईन सहित संचालनमा ल्याईएको २ वर्ष भित्रै ५०० वाट क्षमतामा अभिवृद्धी भएसंगै फ्रिक्वेन्सी परिवर्तन गरी रेडियो टाइगर ९९.२ मेगाहर्जको प्रशारण फ्रिक्वेन्सी मार्फत् बर्दिया जिल्ला सहित बाँके, सुर्खेत, कैलाली लगायतका जिल्लाहरुमा पनि सुन्न सकिने गरी रेडियोको प्रशारण क्षमता अभिवृद्धि गरिएको थियो । रेडियोको प्रशारण स्थापना देखी नै आधिकारिक अनलाइन www.tigerkhabar.com बाट प्रशारण हुँदै आएकोमा अब नेपाली पात्रो मोबाइल एपबाट पनि सुन्न सकिने भएको हो । यस संगै अब रेडियोको प्रशारण प्रत्यक्ष समयमा www.tigerkhabar.com , www.onlinesambad.com/radiotiger संगै हाम्राे पात्रो र नेपाली पात्रो मोबाइल एपबाट आधिकारिक रुपमा सुन्न सकिने प्रबन्ध निर्देशक भावुक योगीले जानकारी दिनुभयो ।

रेडियो टाइगर बाघ लगायतका वन्यजन्तु संगै वन वातावरण जोगाउनु पर्ने सन्देश दिँदै गाँउ समाज र राष्ट्रप्रति संबेदनशिल भएर लागेको प्रबन्ध निर्देशक गोगीले बताउनु भयो । रेडियो टाइगरले साना–साना सवाल होस् वा राष्ट्रियस्तर देखि अन्र्तराष्ट्रिय स्तरका सुचना (समाचार)लाई आम जनमानसमा संप्रेशण गर्दै आई रहेको छ । रेडियो प्रसारण सुनीने स्थानका स्रोतालाई उत्कृष्ठ संचार माध्यमको रुपमा परिचित गराउन रेडियो टाइगरले दक्ष तथा प्रतिभावान संचारकर्मीलाई भिन्न–भिन्न क्षेत्रमा पृथक कार्यशैलिका साथ काम गर्ने जिम्मेवारी सुम्पिएको कार्यक्रम संयोजक सौैगात श्रेष्ठले जानकारी दिनुभयो । जुझारु ब्यबस्थापन सम्मिलित रेडियो टाइगरले सरकारी, गैरसरकारी निजि एवम् व्यवसायिक संस्थाका सूचनामुलक तथा व्यवसायिक बिज्ञापन जानकारी प्रसारण गरि निजी एवम् संस्थागत व्यवसायमा अझ थप बृद्धि गर्न सहयोग गरि रहेको छ ।

नेपालमा समाज रुपान्तरण तथा स्थानीय विकासमा रेडियोको भूमिका महत्वपूर्ण रहेको हुँदा रेडियोहरुलाई नयाँ प्रविधिको प्रयोग गरि धेरै नेपाली माझ पुर्‍याउने लक्ष्य रहेको नेपाली पात्रोका म्यानेजर आशिस कार्कीले बताउनुभयो । मासिक एक करोड भन्दा धेरै प्रयोगकर्ता रहेको नेपाली पात्रो मोबाइल एपमा नेपाली तिथीमिती तथा पन्चाङ्गको जानकारी, नेपाली चाडपर्व तथा शुभ साइतको बिस्तृत विवरण संगै दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफलको जानकारी पाउन सकिन्छ ।

नेपाली पात्रो एपमा स्थानीय संगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, नेपाली एफ. एम. रेडियो तथा अनलाइन रेडियोहरु, नेपाली विनिमय दर, सुनचाँदीको दररेट, मौसम तथा सरकारी बिदाहरुको जानकारी, ज्योतिष परामर्स सेवा लगायत अन्य धेरै सुविधाहरुप्राप्त गर्न सकिने नेपाली पात्रो मोबाइल एपका म्यानेजर कार्कीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.