online-aama-surachhya-sandesh

फिल्म ‘कोडा’ले जित्यो सर्वोत्कृष्ट अस्कर अवार्ड

Sambad ADD long

फिल्म ‘कोडा’ले अस्कर अवार्डको सर्वोत्कृष्ट पुरस्कार जितेको छ । ‘कोडा’ फिल्म यस्तो फिल्म हो जसका धेरैजसो पात्र कान नसुन्ने हुन्छन् । उनीहरुले माछाको सानोतिनो व्यापार गर्ने हुन्छन् । यो परिवारकी एक छोरी कान सुन्ने हुन्छिन् ।

उनकै सहारामा परिवार अगाडि बढेको हुन्छ । फिल्म कोडाबाट ट्रोय कोट्सरले सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड पाए । यस्तै, विल स्मिथले ‘किङ्ग रिचर्ड’ फिल्मबाट सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाएका छन् ।

यस्तै, ुद आइज अफ ट्यामी फेयुका लागि जेसिका चेस्टनले सर्वोत्कृष्ट अभिनेतृ तथा ‘द पावर अफ द डग’का लागि ‘जेन क्याम्पियन’ले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । अमेरिकाको लस एन्जलसमा भएको अवार्ड समारोहमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको अवार्ड जापानी फिल्म ‘ड्राइभ माइ कार’ले पाएको छ ।

Leave A Reply

Your email address will not be published.