onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

संखुवासभाका सबै ठाउँमा एमालेले उम्मेदवार टुंग्यायो

Sambad ADD long

संखुवासभा : आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले संखुवासभाका १० वटै स्थानीय तहको उम्मेदवार टुङ्गो लगाएको छ। एमाले संखुवासभाले बिहीबार जिल्लाका सबै स्थानीय तहका प्रमुख र उपप्रमुख पद टुङ्गो लगाएको हो। सदरमुकामको खाँदबारी नगरपालिका नगर प्रमुखमा जितबहादुर घिमिरे र उप प्रमुखमा महेश्वर बज्राचार्यलाई उम्मेदवार छनौट गरेको नेकपा (एमाले) संखुवासभाले जनाएको छ।

नगर प्रमुख घिमिरे र बज्राचार्य दुवैजना नयाँ अनुहार हुन् । घिमिरे एमालेका जिल्ला अध्यक्ष र २०५४ साल को निर्वाचित उपप्रमुख हुन्। धर्मदेवी नगर प्रमुख उदयचन्द्र पौडेल, मादी नगरपालिका जीवन लिङ्थेप मादी, चैनपुर नगरपालिका कृष्णकुमार तामाङ र पाँचखपन नगरपालिका नगरप्रमुखमा हिन्दु कुमार राई उम्मेदवार छनोट गरेको छ । त्यस्तै, मकालु गाउँपालिका अध्यक्षमा भरत कटुवाल, भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटे, चिचिला गाउँपालिका रामबहादुर गुरुङ, सिलिचोङ गाउँपालिका खड्गनन्द राई र सभापोखरी गाउँपालिकामा पुरानै अध्यक्ष रत्न सुब्बालाई दोहोर्‍याएको छ।

त्यसैगरी, पाँचखपन नगर उपप्रमुखमा अनिता न्यौपाने, चैनपुरमा एलिना श्रेष्ठ, मादीमा सुनिता दाहाल र धर्मदेवीमा लक्ष्मी गिरी चयन भएको नेकपा (एमाले)ले जनाएको छ। भोटखोला गाउँपालिका उपप्रमुखमा सहाना लामा, मकालुमा चमेली राई, चिचिलामा विष्णुमाया राई, सिलिचोङमा मेनुका राई र सभापोखरीमा सबिता कालाखेतीलाई उम्मेदवार छनौट गरेको छ। सभापोखरीका रत्न सुब्बा र मकालुकी चमेली राई २०७४ को निर्वाचनमा निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् ।

Leave A Reply

Your email address will not be published.