बर्दिया जिल्लामा ३ दशक अघिदेखि शैक्षिक संस्थामा सहयोग गर्दै आईरहेको तथा प्रौढ शिक्षा संचालन गर्ने अभियानमा समेत रहेको बेस संस्था बर्दियाका अध्यक्ष बिष्णु थारु (बिसतिया)को निधन भएको पनि आज सातौँ दिनको पुन्यतिथि ।
यस क्षेत्रकै अभिभावक ग्रामिण क्षेत्रका अशिक्षित महिला तथा पुरुषका लागि नयाँ गोरेटो पुस्तक ल्याएर आमा समुह गठन गरेर प्रौढ शिक्षा संचालन गरि शिक्षित बनाउने अभियानका अभियन्ता, मुक्तकमैयाको मागका लागि कन्द्रा आन्दोलनका नेतृत्वकर्ता एवं ग्रामिण क्षेत्रका विद्यालयमा विभिन्न माध्यमबाट भौतिक तथा शैक्षिक सामाग्री सहयोग गर्ने अभियानमा लाग्नुभएका बेस संस्था बर्दियाका अध्यक्ष बिष्णु थारु (बिसतिया) नौ लाख ताराबाट उदाएर यस धर्ति र आकाशबाट अस्ताएको पनि आज सातौँ दिन पुगेको छ ।
झण्डै ६ वर्ष अघिदेखि दुबै मृगौलाको समास्याबाट ग्रसित विष्णु थारु मंसिर १७ गते साँझ एक्कासी उच्च रक्तचाले अशक्त भएपछि भेरी अस्पताल नेपालगंज लगिएको थियो । उपचारका क्रममा एकसाता पछि उहाँको मंसिर २५ गते दिउँसो निधन भएको हो । स्वर्गिय थारुको शवलाई मंसिर २६ गते बिहान ओराही खोला नजिक परम्परा अनुसार अन्तेष्टि गरिएको थियो । अन्तेष्टिमा स्वर्गिय थारुका शुभचिन्तक, उहाँ अध्यक्ष रहनुभएको संस्था बेसका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्रि डिल्ली बहादुर चौधरी, प्रदेश सासंद राजकुमार चौधरी, संस्थाका कार्यकारी निर्देशक चुर्ण बहादुर चौधरी, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।
२०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा नेकपा एमाले पार्टीबाट बर्दिया क्षेत्र नम्बर ३ को उम्मेदवार हुनुहुन्थ्यो तर पराजित हुनुभएको थियो । उहाँले ७ हजार ७ सय ८० मत प्राप्त गरेपनि विजयी हुन सक्नुभएन । ६ वर्षअघि नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सचिवालय समिति सदस्य र कमासु दिगो विकास समाजका सल्लाहकारसमेत हुनुहुन्थ्यो । सबै समुदायका अगुवा अभिभावकका रुपमा परिचत कसैसंग बिवादमा नपर्ने थोरै बोल्ने मिठो बोल्ने उहाँ अरु ठाउँमा पदिय प्रलोभनमा समेत पर्नु भएन । सधैँ अरुकै लागि सोँच्ने, शालिन, भद्र, ईमान्दार, मिलनसार र लगनशिल समाजसेवीका रुपमा उहाँ परिचित हुनुहुन्थ्यो । देशको अस्थिर राजनितिका विषयमा पनि स्वर्गिय थारु निकै चिन्तित हुनुहुन्थ्यो । विष्लेषण गर्नेमा पनि उत्तीकै दख्खल रहेको व्यक्तिका रुपमा उहाँ चिनिनुहुन्थ्यो ।
बिक्रम संम्बत २०२४ साल असार १० गते दाङ्गको भैँसकुम्रा गाउँमा जन्मनुभएका स्वर्गिय विष्णु थारु ४ वर्षको उमेरमा बर्दियाको साविक नेउलापुर गाविस हाल ठाकुरबाबा नगरपालिका २ बलाती गाउँमा बसार्ई सरी आउनुभएको थियो । दशकअघि २०७१ सालदेखि उहाँ सदरमुकाम गुलरिया बस्नुहुन्थ्यो । बिक्रम संवत २०४७ सालमा दाङ्गमा स्थापना भएको बेस संस्था २०५१ सालदेखि बर्दियामा स्थापना भयो । स्वर्गिय थारु संस्थामा २०५७ सालदेखि अध्यक्ष पदमा रहनुभएको थियो । कक्षा ८ मात्रै अध्यन गर्नुभएका उहाँले संकाटकालका बेला फेरी विद्यालयमा भर्ना भई कक्षा १० को टेष्ट पास पश्चात एसएलसी दिनुभएको थियो तर उत्तिर्ण हुन सक्नुभएन ।
यस क्षेत्रकै नक्षत्र यस क्षेत्रका अधिकाँशलाई प्रौढ शिक्षाका माध्ययमबाट ग्रामिण क्षेत्रका स्थानीहरुलाई पुर्याउनु भएको योगदान, उहाँको पहलमा विद्यालयमा भएको सहयोगको स्मरण गर्छन् उहाँका शुभचिन्तकहरु पनि । गाउँठाउँका सुचना तथा समाचारका लागि उहाँको एफ।एम। रेडियो सुन्ने बानी थियो । बर्दियाका पत्रकारहरुसंग पनि उहाँको प्रगाढ सम्बन्ध रहेको थियो । चाडपर्वका बेला पत्रकारहरुलाई घरमै बोलाएर रमालो गर्नेसमेत गर्नुहुन्थो । सहयोगी भावना राख्ने स्वर्गिय विष्णु थारु फुर्सदिला गफगाफमा कहिलेकाँही हसाउँने पनि गर्नुहुन्थ्यो ।
उहाँको भौतिक शरिर यस धर्ति र आकाशबाट सधैँका लागि अस्ताएर गएपनि उहाँले गरेका योगदान कहिल्लै हराएर जाने छैनन् । उहाँको योगदानलाई सबैले सम्झिरहने छन् । २ दशक अघि मुक्तकमैयाको हक अधिकारका लागि भएको कन्द्रा आन्दोलनको नेतृत्वकर्ता मध्ये उहाँ पनि एक हुनुहुन्थ्यो । नेतृत्वयदायी भुमिका निभाएकाले उहाँलाई १५ दिनको डेनमार्क भ्रमण जाने अवसर समेत मिलेको थियो । उहाँको निधनले यस क्षेत्रको राजनीतिक र सामाजिक कार्यमा पनि ठुलो चोट पुगेको छ ।
पाँच भाई छोरा मध्ये साइलो स्वर्गिय थारुका श्रीमती, दुई छोरा र तीन छोरी छन् । उहाँको योगदान हामी सबैले सम्झिरहनेछौँ । यस क्षेत्रकै अगुवा एवं एक कुशल समाजसेवीका रुपमा उहाँलाईँ सधैँ सम्झीरहने छौँ । यस्तै छ संसारिक नियति १ आयो टप्प टिप्यो, छुट्टिने मिति पुग्यो, अलबिदा बेस संस्था बर्दियाका अध्यक्ष विष्णु थारु ।