गजल : यहाँ कस्ले ब्यथा लुकाएको छैन

जुत्ता देख्नेले पनि मोजा देख्न पाएको छैन
भन्नुस त यहाँ कस्ले ब्यथा लुकाएको छैन

प्रतियोगिता थियो जिन्दगी झल्किने तस्बिरको
बिजेताले पानामा केही बनाएको छैन

धेरै बर्षदेखी बच्चाहरुले छोइ खेलिरहेछन
सरकार धन्न तारमा बिजुली आएको छैन

उज्यालोले खान्छ बरु उज्यालो हेर्ने आँखा
यो अध्यारोले कसैको आँखा खाएको छैन

पर्खाल लगाएर बसिसकेछ तिम्रो शहर
म जान्छु मैले गाउमा ढोका लगाएको छैन

– प्रदिप रोदन, गोरखा

Loading...