
देखेको छु तँ चाहिन्न भन्नेहरु आएको पनि ।
बत्ती त सल्काउनु पर्छ निभाएको पनि ।
यहाँ खुट्टा राख्न कहाँ पाइन्छ महोदय ?
भाग्य हो मैले कुरा राख्न पाएको पनि ।
मलाई धकेल्न खोजेको नमजा छँदै छ,
पश्चताप छ तिमीलाई उठाएको पनि ।
म फिका भएको जति भयो त्यत्ति भयो,
तिम्रो सिउँदोमा सिन्दुर लाएको पनि ।
मलाई खान खोजेको आगो थियो यो,
अब हेर आगोले पानी खाएको पनि ।
एक दुनियाँ बनोस् यहाँ तेरो बिरुद्दमा,
एक दुनियाँ त छ तैँले बनाएको पनि ।
प्रदिप रोदन, गोरखा