onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

सलमान जेष्ठ १२ गते नेपाल आउने

Sambad ADD long

काठमाण्डौ : बलिउड अभिनेता सलमान खानको ‘द ब्याङ टुर रिलोडेड’ आगामी जेष्ठ १४ गते हुँदैछ । कार्यक्रमका लागि सलमान सहितको टिम जेष्ठ १२ गते काठमाडौं ओर्लिने भएका छन् । कार्यक्रम आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमान १२ गते बेलुका त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि उनी होटल पुग्नेछन् ।

भोलिपल्टका लागि उनको व्यस्त ‘सेड्युल’ छ । १३ गते बिहानै उनले उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग ब्रेकफास्ट मिटिङ गर्ने तालिका छ । त्यसलगत्तै सलमान सगरमाथा माउण्टेन फ्लाइटमा जानेछन् । मौसमले साथ दिएमा उनी लुक्लासम्म जाने जनाइएको छ । माउण्टेन फ्लाइटबाट साँझ काठमाडौं फर्किएर आराम गर्ने र बेलुका उद्योगी–व्यवसायीसँग भेट गर्ने सलमानको तालिका छ । त्यसपछि उनले भोलिपल्ट अर्थात् जेष्ठ १४ गते दशरथ रंगशालामा हुने कार्यक्रमका लागि तयारी गर्नेछन् ।

कार्यक्रमका लागि सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नाण्डेज, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा, आयुष शर्मा लगायत भारतीय कलाकार नेपाल आउँदैछन् । कार्यक्रममा गायक शिव परियार, सुशान्त केसी, गायिका सुबानी मोक्तानलगायतले सांगीतिक प्रस्तुति दिनेछन् भने अभिनेत्रीहरु माला लिम्बू र मुना गौचनले नृत्य प्रस्तुत गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.