onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

तिहारमा प्लास्टिकका माला बिक्रीमा रोक, गाउँघरमै फुलेका फूल प्रयोग गर्न अनुरोध

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले यस वर्षको तिहार पर्व लक्षित प्लास्टिक फूलका मालाको आयात तथा बिक्री वितरणमा रोक लगाएको छ । ठाकुरबाबा नगरपालिकाले यस वर्षदेखि प्लास्टिक फूलका माला आयात र बिक्री वितरण गर्न नदिने र प्रयोग नगर्न तथा नगराउन पनि आग्रह गरेको हो ।

यस वर्षको तिहारमा गाउँघरमै फुलेका फूलको माला बनाएर प्रयोग गर्न नगरपालिकाले नगरवासीहरूमा अनुरोध गरिएको उपप्रमुख विना कुमारी भट्टराईले बताउनुभयो । नगरपालिका क्षेत्रका बजारहरूमा प्लास्टिक फूलका माला बिक्री भएको पाइएमा जफत गरि कारबाही गरिने उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा प्लास्टिकजन्य बस्तुहरूलाई निरुत्साहित गर्दै लैजाने नीति समेत लिएकाले नगरपालिका अन्तर्गत रहेका सबै सरकारी तथा गैर सरकारी कार्यालय, उद्योगी, व्यवसायीसहित सम्पूर्ण नगरवासीहरूलाई तिहार र छठ पर्वमा प्लास्टिक फूलका माला बिक्री वितरण गर्न नपाईने साथै प्रयोग नगर्न, नगराउन नगरपालिकाले सूचना प्रकाशित गरेको थियो ।

नगरपालिका प्रशासनले दश दिन अघि प्रकाशित गरेको सूचनालाई अटेर गरि प्लास्टिक फूलका माला र पुष्प सामग्रीहरू आयात तथा बिक्री वितरण गरेको पाइएमा नियमअनुसार कारबाही गरिने चेतावनी दिएको छ । प्लास्टिकजन्य माला, फूलका गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा यस वर्ष तिहार पर्व लक्षित कार्तिक १५ गते ठाकुरबाबा नगरपालिकाले सूचना प्रकाशित गरेर रोक लगाएको हो ।

प्लास्टिकजन्य सामग्रीले यस क्षेत्रको वातावरणमा असर परेको पर्ने भएकाले र चाडपर्वमा प्लास्टिकजन्य फुलहरूको व्यापार बढि हुने भएकाले प्लास्टिकका माला प्रतिबन्धसँगै अनुगमन गरेर बिक्री गर्न राखिएका प्लास्टिक फूलका माला जफत गरिनेको उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक विना कुमारी भट्टराईले बताउनुभयो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरि २०७९ साउनदेखि राजपत्रमा सूचना प्रकाशित गरेपछि सोही प्लास्टिकजन्य फुलका माला, गुच्छा उत्पादन आयात, बिक्री वितरण वा भण्डार गर्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ ।

नेपाल सरकारको उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ को दफा २२ को उपदफा ४ को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिबाना हुने व्यवस्था रहेको छ ।

Leave A Reply

Your email address will not be published.