onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियाका ४ वटा पालिकामा कोभिड विरुद्धको खोप लगाइने

Sambad ADD long

बर्दिया : भारतीय सीमासँग जोडिएका बर्दियाका ४ वटा पालिकामा कोभिड विरुद्ध खोप लगाइने भएको छ । भारतीय सिमासँग जोडिएका बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका र राजापुर नगरपालिकामा कोभिड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

कोभिड विरुद्धको खोप फागुन १६ गते देखि १८ गते सम्म संचालन हुने स्वास्थ्य कार्यालय बर्दियाका स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । कोभिड विरुद्धको खोप रोगसँग लड्न सक्ने क्षमता कम भएका ५५ बर्ष भन्दा माथि उमेर समुहका व्यक्तिहरु तथा जोखिममा रहेका स्वास्थ्यकर्मी, गर्भवती, १२ बर्ष माथिका दिर्घरोगी र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई लगाइने छ ।

पहिलो चरणमा गुलरिया नगरपालिकामा ४ हजार १२८ जना, मधुवन नगरपालिका ६ हजार ३७६ जना, राजापुर नगरपालिकामा ९ हजार ५०५ जना र बढैयाताल गाउँपालिकाका ९ हजार ५ सय जनालाई खोप दिने लक्ष्य स्वास्थ्य कार्यालय बर्दियाले लिएको छ । बर्दिया जिल्ला भरि प्रभावकारी खोप अभियान संचालन गर्ने र अभियान पश्चात पनि तोकेका खोप केन्द्रबाट निरन्तर कोभिड विरुद्धको खोप प्रदान गरिने जानकारी दिईएको छ ।

अभियानले लिएको लक्ष्य पुरागर्न ५५ बर्ष भन्दा माथिका उमेर समुहलाई खोप केन्द्र सम्म पुर्‍याउन जनप्रतिनिधिहरुको उल्लेखनीय भुमिका रहने स्वास्थ्य कार्यालय बर्दियाले आशा लिएको प्रमुख गिरीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.