बा!
बा, आदि र आरम्भ
बा, सृष्टिकर्ता
अनि
जीवनको प्रारम्भ ।
बा हुँदा
उज्यालो छ घर, आँगन, खेतबारी
बा नहुँदा
पिर ब्यथा ओत्ने छैन छ्हारी ।
आफू हिलो धुलो र मैलो भै
गोठ गोबर र भकारो मै
आफ्ना सबै रहर र खुशी खुम्च्याएर
मेरा लागि उज्यालोको खोजिमा
सदैब
आफुलाइ समर्पित गर्नु भो
आफू फाटेको कमिज लाएर
मेरा लागि स्कुलको पोशाक किन्नु भो
आफू खुजमुजिएका मैला कपडा लाउनु भो
मलाई भने
सुकिला कपडामा सजाउनु भो
आफू फाटेका कुर्कुच्चा,
नाङ्गा खुट्टा लिएर
मनभरी पीडा दुःख र आँसु पिएर
मेरा लागि हाँसिदिने बा
मेरो भरोसाका प्रतिबिम्ब
आस्था र विश्वासका धरोहर
शिखर ब्यक्तित्व
मेरा बा ।
बा घरमा हुँदा कसैको छैन डर
बा नहुँदा कसैको लाग्दैन भर ।
बा को उज्यालो प्रकाशमा
सुर्यको झै ताप छ,
औँशिको अन्धकार चिर्ने हिम्मत छ
बा को बिचार नै
महान अनि जीवन सम्मत छ
आउ
आज
सबै मिलि
बा को पुजा गरौँ ।
बा का सपनाहरु पूरा गर्न जुटौँ ।।
घन नारायण श्रेष्ठ
10 प्रकाशनहरु
श्रेष्ठ नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् ठाकुरबाबा नगरपालिका, बर्दियाका निवर्तमान नगरप्रमुख हुनुहुन्छ ।