onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

वित्तीय सुशासन जोखिम मूल्याङ्कन : बर्दियामा ठाकुरबाबा नगरपालिका पहिलो

Sambad ADD long

भुरीगाउँ, बर्दिया : स्थानीय तह वित्तीय सुशासन जोखिम ९एफआरए० मूल्याङ्कनतर्फ बर्दियामा ठाकुरबाबा नगरपालिका पहिलो भएको छ । ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को प्रारम्भिक नतिजामा ९१ अंक प्राप्त गर्दै बर्दिया जिल्लामा पहिलो भएको प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिकाले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१ अंक, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा २६ दशमलव ५ अंक, लेखाङ्कन तथा प्रतिवेदनमा १५ अंक, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १५ र राजस्व व्यवस्थापनमा १३ दशमलव ५ अंकसहित कुल ९१ अंक प्राप्त गरेको जनाइएको छ । जिल्ला समन्वय समितिले मूल्याङ्कन गरी अन्तिम नतिजा प्रकाशन गरेको हो ।

मूल्याङ्कन अनुसार बर्दिया जिल्लाको मधुवन नगरपालिकाले ८०.५ अंक, बारबर्दिया नगँपालिकाले ७३ अंक, गुलरिया नगरपालिकाले ७१.५ अंक यस्तै र गेरुवा गाउँपालिकाले पनि ७१.५ अंक प्राप्त गरेका छन् । यस्तै बढैयाताल गाउँपालिकाले ६९ अंक, राजापुर नगरपालिकाले ६८.५ अंक र बाँसगढी नगरपालिकाको भने अन्तिम नतिजा प्रकाशन नभएको जनाइएको छ ।

आगामी आर्थिक वर्ष स्थानीय तह कार्यसम्पादन स्वमूल्याङ्कनमा र वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सतप्रतिशत अंक आउने गरी काम गर्ने लक्ष्य लिइएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद ढकालले बताउनुभयो ।

यस वर्ष पनि मूल्याङ्कनमा नगरपालिकाको राम्रो अंक आएकाले नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल र नगर उपप्रमुख विना कुमारी भट्टराईले आगामी वर्षहरुमा स्थानीय तहहरु मध्ये लुम्बिनी प्रदेशसंगै देशभरमा प्रथम हुने गरी काम गर्ने बताउनुभयो । स्थानीयतहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा बर्दियाको ठाकुरबाबा नगरपालिकाले अधिकतम ९५.७५ अंकका साथ जिल्लाभरमा उत्कृष्ट बनेसंगै पहिलो भएको दाबी गरेको छ । यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरुको कार्यसम्पादन मूल्यांकनमा ठाकुरबाबा तेस्रो स्थानमा छ ।

Leave A Reply

Your email address will not be published.