onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

तिमी को हौ ? [कविता]

Sambad ADD long

तिमी को हौ ?
तिम्रो नाम कस्ले दियो ?
तिम्रो पहिचान के हो ?
कहिल्यै सोचेका छौ ??
यस्तै यस्तै प्रश्न्हरुको ओईरो लगायो उसले,
म केही बेर त बोल्नै सकिन
अमुक भएर उसलाई हेरीरहेँ हेरीरहेँ
उसले मलाई सोँचको सागरमा पुर्यायो
म सोँच्न थालेँ साँच्चै म को हुँ ??
उ फेरि बर्बरायो,
प्रकृतिको यो कठघरामा
तिमिले
ती मेरा प्रश्नहरुको उत्तर दिनुपर्छ ।
त्यति मात्रै कहाँ हो र,
उ फेरि बोल्न थाल्यो
कहिल्यै आफ्नो जिम्मेवारी, बोध गरेका छौ ?
कहिल्यै आफ्नो कर्तब्य पूरा गर्ने प्रयत्न गरेका छौ ?
उसका यी चोटिला प्रश्नहरु मेरा लागि मात्र थिए ?
कि
वर्तमानको समाज हाम्रो परिवेशका लागि पनि,
तर पनी
मैले यी प्रश्नहरुको उत्तर खोज्नै पर्छ ।
उसका सुरुका तीन प्रश्नहरु
मेरो घरपरिवार
म बस्ने समाज
अनि
मेरो मातृभुमी प्रतिको
कर्तब्य सङ्ग जोडिएको छ,
मलाई जन्मदिने मातापिता
जस्ले
धर्तिको पहिलो उज्यालो
साक्षात्कार गराउनुभयो
त्यो समाज
जस्ले मलाई संस्कार दियो
मेरो जजनी जन्मभूमि
जस्ले पहिचान दियो ।
अब मैले‍‍‍…

Leave A Reply

Your email address will not be published.