onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

काठमाण्डौको मेयरमा वालेन्द्र साहको जित सुनिश्चित

Sambad ADD long

काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) को जित सुनिश्चित भएको छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितसंग बालेनले बनाएको मतान्तर गन्न बाँकी मतभन्दा बढी भएकाले उहाँको जित सुनिश्चित भएको हो ।

पछिल्लो मतपरिणामअनुसार बालेनले ५५ हजार ७ सय ७७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सिर्जना सिंह ३५ हजार ३ सय ७१ मतसहित दोस्रो स्थानमा रहँदा स्थापित ३४ हजार ६ सय २६ मतसहित तेस्रो स्थानमा रहनुभएकोे छ । बालेनले स्थापित भन्दा २१ हजार १ सय २१ बढी मत प्राप्त गर्नुभएको छ । त्यस्तै सिर्जना सिंहभन्दा उहाँले २० हजार ३ सय ७६ मत बढी ल्याउनु भएको छ । काठमाण्डौका ३२ मध्ये २७ वडाको मतगणना सकिएको छ । अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ को मत गणना भइरहेको छ । अब करिब १० प्रतिशत अर्थात १९ हजार ३ सयजति मत मात्र गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । उहाँले प्रतिस्पर्धी उम्मेदवार गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भन्दा झन्डै तेब्बर मत ल्याएृनु भएको छ । डंगोलले ५३ हजार ६ सय ४२ मत ल्याउँदा श्रेष्ठले १७ हजार ७ सय ६५ मत ल्याउनु भएको छ । यस पटकको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ सहित केही पालिका प्रमुख र वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी हुने अवस्था आएको छ ।

धरानमा हर्कराज साम्पाङ राई, धनगढीमा गोपाल हमाल र जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित भइसक्नु भएको छ । कान्तिपुर

Leave A Reply

Your email address will not be published.