onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

उपकार लघुवित्तको आईपीओ बाँडफाँड

Sambad ADD long

कोहलपुर, बाँके : बाँकेको कोहलपुरमा केन्द्रिय कार्यालय रहेको उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा शुक्रबार सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा रु. दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धकका अनुसार साधारण सेयरमा कूल २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएकामा दुई हजार ४०६ जनाको आवेदन रद्द भई बाँकी २३ लाख ४९ हजार ५६ योग्य आवेदकमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिएको हो ।

बाँडफाँडमा बाँकी छ कित्ता सेयर १० कित्ताभन्दा धेरै आवेदन दिनेलाई थप एकएक कित्ताका दरले छ जनालाई बाँडिएकोे छ । कम्पनीले निष्काशन गरेको साधारण सेयरमा जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता सेयर कर्मचारीलाई र निष्काशित सेयरको पाँच प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी दुई लाख २१ हजार १५६ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले गत चैत २५ गते देखि ३० सम्म आवेदन दिएका थिए ।

Leave A Reply

Your email address will not be published.