onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया सडक दुर्घटना : राहतको माग गर्दै सडक अवरुद्द

Sambad ADD long

भुरीगाउँ, बर्दिया : भुरीगाउँ–गुलरिया हुलाकी सडकखण्ड अन्तरगत ठाकुरबाबा नगरपालिका–५, बनकट्टि गाउँ नजिक बिहिबार राति भएको सडक दुर्घटनामा परि ज्यान गुमाएका मृतक पक्षले पूर्व–पश्चिम राजमार्ग अवरुद्द पारेका छन् ।

भुरिगाउँबाट बनवीरपुर तर्फ धान लिएर जाँदै गरेको भे. १ ख ३८३७ नम्बरको मिनि ट्रक र बिपरित दिशाबाट आएको भे. ७ प ४६८२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा ठाकुरबाबा नगरपालिका–५, शाहिपुरका २६ वर्षिय आशिष थारुको घटनास्थलमै ज्यान गएको थियो ।

मिनि ट्रक र चालकलाई नियन्त्रणमा लिइएको बगनाहा भुरिगाउँका प्रहरी निरिक्षक पवन पछाईले जानकारी दिनुभयो । पीडित पक्षका आफन्तले उचित राहत क्षतिपूर्तिको माग राख्दै पुर्व–पश्चिम राजमार्ग अन्तरगत बर्दियाको भुरीगाउँ बजार र गुलरिया जाने हुलाकी सडकखण्ड अवरुद्ध गरेका छन् ।

पीडित पक्षसँग वार्ता गरि सहमतिमा ल्याउने र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्द हुँदा लामो दुरीमा हिडेका यात्रुहरु अलपत्र परेका छन् ।

Leave A Reply

Your email address will not be published.