गुलरियाको कमल तालमा डुबेर एक बृद्धको मृत्यु

भुरिगाउँ, बर्दिया : गुलरिया नगरपालिका–९, रामपुर स्थित कमल तालमा डुबेर बेपत्ता भएका ब्यक्ति मृत अवस्थामा भेटिएका छन् । हिजो बिहिबार दाउरा लिन गएका सोहि ठाउँ बस्ने ६३ वर्षका कर्ण बहादुर चौधरी कमल तालमा डुबेर बेपत्ता भएका थिए ।

यो पनि पढ्नुहोस् : बढैयातालको माछा पोखरीमा डुबेर दुई बालकको मृत्यु

बेपत्ता भएका चौधरीलालई खोजी गर्नेक्रममा आज विहान ९ बजे मृत अवस्थामा भेटिएको सशस्त्र प्रहरी बल ३१ नम्बर गणका सशस्त्र प्रहरी नायव उपरीक्षक शंकरदत्त तिवारीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल ३१ नम्बर हेडक्वाटर बर्दियाबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले तालको १०० मिटर दक्षिण तर्फबाट चौधरीको शव फेला पारेको हो । मृतक चौधरीको शव आफन्तको जिम्मा लगाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक तिवारीले जानकारी दिनु भयो ।

Loading...