
भुरिगाउँ, बर्दिया : बढैयाताल गाउँपालिका–२, फुटाहामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । माछा पालनका लागि निर्माण गरिएको पोखरीमा पौडी खेल्न गएका बालकहरुको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
पोखरीमा पौडी खेल्ने क्रममा बढैयाताल गाउँपालिका–२, फुटाहाका १० वर्षिय युबराज बोहरा र भुवन भण्डारीको डुबेर मृत्यु भएको हो । स्थानिय राजन शर्माले माछापालनको लागि बनाएको पोखरीमा बालकहरु पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर बिहोस् भएका बालकहरुको उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजाने क्रममा मृत्यु भएको ३१ नम्बर गणका सशस्त्र प्रहरी नायव उपरीक्षक शंकरदत्त तिवारीले जानकारी दिनुभयो ।
घटना पश्चात् सशस्त्र प्रहरी बल बिओपि फुटाहाबाट खटिएको टोलीले बालकहरुको उद्दार गरेको थियो । बालकहरुको उद्धार गरी बर्दिया जिल्ला अस्पताल, गुलरियामा लगेकोमा अस्पताल नपुग्दै बाटोमा नै मृत्यु भएको हो ।