onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा : कार्यपालिका सदस्यमा काँग्रेसको बर्चश्व

Sambad ADD long

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा स्थानीयतह निर्वाचन अन्तरगत कार्यपालिका सदस्य चयनका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगले स्तानियतहको निर्वाचन सकिएको १५ दिनभित्र कार्यपालिका सदस्यको निर्वाचन गरी सक्न निर्देशन दिएपछि ठाकुरबाबा नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले आज निर्वाचन सम्पन्न गराएको जनाएको छ ।

कार्यपालिका सदस्य चयनका लागि ठाकुरबाबामा निर्वाचन प्रक्रिया सुरु

नगर कार्यपालिकाको महिला सदस्य पदमा पाँच जना र नगर कार्यपालिकाको दलित वा अल्पसंख्यक सदस्य पदमा तीन जना गरी आठ जना कार्यपालिका सदस्य चयन गर्न आज सम्पन्न भएको निर्वाचनमा नेपाली काँग्रेसले बर्चश्व जमाएको छ । ठाकुरबाबा नगरपालिकाको कार्यपालिका सदस्यका लागि १० जनाको उम्मेदवारी परेकोमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार ७ जना नै निर्वाचित हुनुभएको छ ।

नगर कार्यपालिकाको महिला सदस्यतर्फ नेकपा माओवादी केन्द्रकी साबित्रा थापा, नेपाली काँग्रसका रिता कुमारी चौधरी, रामरानी थारु, सरिता थारु र सुष्मा खड्का निर्वाचित हुनु भएको छ, भने दलित सदस्यतर्फ नेपाली काँग्रेसका उम्मेदवारहरु पुजा सुनार, शिब बहादुर बि.क. र मोहन सुनार निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय ठाकुरबाबा नगरपालिका सैनवार, बर्दियाले जनाएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानियतहको निर्वाचन अन्तरगत ठाकुरबाबा नगरपालिकाको नगरप्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका तिलकराम लम्साल र उप–प्रमुख पदमा नेकपा एमालेकी बिना कुमारी भट्टराई निर्वाचित हुनु भएको थियो । ९ वटा वडा रहेको ठाकुरबाबा नगरपालिकाको वडाअध्यक्ष तर्फ नेपाली काँग्रेसले ५, नेकपा माओबादी केन्द्रले ३ र नेकपा एमालेले १ वडामा जित हासिल गरेको छ ।

Leave A Reply

Your email address will not be published.