onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

स्थानिय निर्वाचनका लागि ठाकुरबाबामा २१२ जनाको उम्मेदवारी दर्ता

तीन दल बिच मुख्य प्रतिस्पर्धा

Sambad ADD long

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा विभिन्न पदहरुमा उम्मेदवारी मनोनयन कार्य सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगरप्रमुख, उप–प्रमुख, वडाअध्यक्ष, महिला वडा सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदमा १०४ महिला र १०८ जना पुरुष गरी जम्मा २१२ जनाको उम्मेदवारी परेको छ ।

सम्बन्धित समाचार : ठाकुरबाबामा प्रमुख पदका लागि ८ जनाको उम्मेदवारी

ठाकुरबाबा नगरपालिकाको प्रमुखमा ८ जना, उप–प्रमुखमा ६ जनाको उम्मेदवारी परेको छ । वडा तर्फ १ को वडाअध्यक्षमा ५ जना, २ को वडाअध्यक्षमा ५ जना, ३ को वडाअध्यक्षमा ५ जना, ४ को वडाअध्यक्षमा ६ जना, ५ को वडाअध्यक्षमा ५ जना, ६ को वडाअध्यक्षमा ४ जना, ७ को वडाअध्यक्षमा ३ जना, ८ को वडाअध्यक्षमा ४ जना र ९ को वडाअध्यक्षमा ६ जना गरी ९ वटा वडाको अध्यक्षपदमा ४३ जनाको उम्मेदवारी परेको छ ।

महिला वडासदस्य तर्फ वडा नम्बर १ मा ५ जना, वडा नम्बर २ मा ५ जना, वडा नम्बर ३ मा ५ जना, वडा नम्बर ४ मा ५ जना, वडा नम्बर ५ मा ५ जना, वडा नम्बर ६ मा ४ जना, वडा नम्बर ७ मा ३ जना, वडा नम्बर ८ मा ४ जना र वडा नम्बर ९ मा ५ जना गरी जम्मा ४१ जनाको उम्मेदवारी परेको छ ।

दलित महिला वडासदस्य तर्फ वडा नम्बर १ मा ५ जना, वडा नम्बर २ मा ४ जना, वडा नम्बर ३ मा ४ जना, वडा नम्बर ४ मा ५ जना, वडा नम्बर ५ मा ५ जना, वडा नम्बर ६ मा ४ जना, वडा नम्बर ७ मा ३ जना, वडा नम्बर ८ मा ४ जना र वडा नम्बर ९ मा ५ जना गरी जम्मा ३६ जनाको उम्मेदवारी परेको छ ।

खुल्ला वडासदस्य तर्फ वडा नम्बर १ मा १० जना, वडा नम्बर २ मा ८ जना, वडा नम्बर ३ मा ९ जना, वडा नम्बर ४ मा १० जना, वडा नम्बर ५ मा १० जना, वडा नम्बर ६ मा ९ जना, वडा नम्बर ७ मा ६ जना, वडा नम्बर ८ मा ८ जना र वडा नम्बर ९ मा ८ जना गरी जम्मा ७८ जनाको उम्मेदवारी परेको छ । खुल्ला वडासदस्यमा १७ महिला र ६१ पुरुषको उम्मेदवारी परेको छ ।

  • वडा नम्बर १
    वडा अध्यक्षमा नेकपा एमालेको तर्फबाट विष्णु प्रसाद खनाल, नेपाली काँग्रेसको तर्फबाट बेद प्रसाद भण्डारी, नेकपा माओबादी केन्द्रको तर्फबाट निमराज खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रेम बहादुर शाही र नेकपा एसको तर्फबाट प्रेम प्र्रसाद तिमिल्सैनाको उम्मेदवारी परेको छ । अघिल्लो स्थानियतह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार श्यामलाल थारु निर्वाचित हुनुभएको थियो ।
  • वडा नम्बर २
    वडा अध्यक्षमा नेकपा एमालेको तर्फबाट शिव नारायण थारु, नेपाली काँग्रेसको तर्फबाट कमल प्रसाद चपाईं, नेकपा माओबादी केन्द्रको तर्फबाट बिष्णु बहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मनोज थापा र नेकपा एसको तर्फबाट प्रकाश खनालको उम्मेदवारी परेको छ । अघिल्लो स्थानियतह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार हरीराम थारु निर्वाचित हुनुभएको थियो ।
  • वडा नम्बर ३
    वडा अध्यक्षमा नेकपा एमालेको तर्फबाट श्रीकृष्ण थारु, नेपाली काँग्रेसको तर्फबाट सिताराम बिष्ट, नेकपा माओबादी केन्द्रको तर्फबाट कलिराम कुश्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट जिवन शाहा र नेकपा एसको तर्फबाट माधव प्रसाद खनालको उम्मेदवारी परेको छ । नेकपा माओबादी केन्द्रबाट उम्मेदवार बन्नु भएका कुश्मा ठाकुरबाबा नगरपालिका–३, मिर्चैयामा रहेको हिमालय आधारभूत विद्यालयमा शिक्षक हुनुहुन्थ्यो पार्टिले उम्मेदवार बनाउने निश्चित भएपछि शिक्षण पेशाबाट राजिनामा दिएर उम्मेदवार बन्नु भएको हो । अघिल्लो स्थानियतह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार श्रीकृष्ण थारु निर्वाचित हुनुभएको थियो । नेकपा एमालेबाट उम्मेदवार बन्नु भएका थारुले यस पटकको निर्वाचनमा उम्मेदवार बन्न केहि दिन अघि राजिनामा दिनुभएको थियो ।
  • वडा नम्बर ४
    वडा अध्यक्षमा नेकपा एमालेको तर्फबाट नारायण अधिकारी, नेपाली काँग्रेसको तर्फबाट सुर्य बहादुर बिष्ट, नेकपा माओबादी केन्द्रको तर्फबाट अमर बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बम बहादुर हमाल, नेकपा एसको तर्फबाट दशैया थारु र साझा पार्टीको तर्फबाट अर्जुन नेपालीको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट उम्मेदवार बन्नु भएका अधिकारी ठाकुरबाबा नगरपालिका–४, बर्गदाहामा रहेको बबई शिशु माध्यमिक विद्यालयमा शिक्षक हुनुहुन्थ्यो पार्टिले उम्मेदवार बनाउने निश्चित भएपछि शिक्षण पेशाबाट राजिनामा दिएर उम्मेदवार बन्नु भएको हो । अघिल्लो स्थानियतह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शेर बहादुर थारु निर्वाचित हुनुभएको थियो ।
  • वडा नम्बर ५
    वडा अध्यक्षमा नेकपा एमालेको तर्फबाट भिख्खुराम थारु (चौधरी), नेपाली काँग्रेसको तर्फबाट डबल सिंह साउद, नेकपा माओबादी केन्द्रको तर्फबाट शम्भु प्रसाद थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दील बहादुर खड्का र नेकपा एसको तर्फबाट लक्ष्मी प्रसाद खनालको उम्मेदवारी परेको छ । अघिल्लो स्थानियतह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार गंगाराम जैशी निर्वाचित हुनुभएको थियो ।
  • वडा नम्बर ६
    वडा अध्यक्षमा नेकपा एमालेको तर्फबाट दिपक बहादुर थापा, नेपाली काँग्रेसको तर्फबाट जय प्रसाद पौडयाल, नेकपा माओबादी केन्द्रको तर्फबाट जित बहादुर थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट थीर बहादुर थापाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट उम्मेदवार बन्नु भएका थापा ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँमा रहेको नेउलापुर स्वास्थ्य चौकीमा वास्थ्य चौकी प्रमुख पदमा कार्यरत हुनुहुन्थ्यो पार्टिले उम्मेदवार बनाउने निश्चित भएपछि स्वास्थ्यकर्मी पेशाबाट राजिनामा दिएर उम्मेदवार बन्नु भएको हो । अघिल्लो स्थानियतह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार भवानी प्रसाद भुषाल निर्वाचित हुनुभएको थियो ।
  • वडा नम्बर ७
    वडा अध्यक्षमा नेकपा एमालेको तर्फबाट राम चन्द्र थारु, नेपाली काँग्रेसको तर्फबाट कलम बहादुर बिष्ट र नेकपा माओबादी केन्द्रको तर्फबाट चक्र बहादुर बडुवालको उम्मेदवारी परेको छ । अघिल्लो स्थानियतह निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पदम बहादुर खड्का निर्वाचित हुनुभएको थियो ।
  • वडा नम्बर ८
    वडा अध्यक्षमा नेकपा एमालेको तर्फबाट लंक बहादुर अधिकारी, नेपाली काँग्रेसको तर्फबाट टेक बहादुर बडुवाल सिजापती, नेकपा माओबादी केन्द्रको तर्फबाट मंगरु थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट डल्ली अधिकारीको उम्मेदवारी परेको छ । अघिल्लो स्थानियतह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निम प्रसाद थारु निर्वाचित हुनुभएको थियो ।
  • वडा नम्बर ९
    वडा अध्यक्षमा नेकपा एमालेको तर्फबाट प्रमिल नेपाल खनाल, नेपाली काँग्रेसको तर्फबाट जय बहादुर बम, नेकपा माओबादी केन्द्रको तर्फबाट राधा चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट लीला खड्का, नेकपा एसको तर्फबाट जित बहादुर खड्का र स्वतन्त्र रुपमा अबिस्कार हुमागाईको उम्मेदवारी परेको छ । अघिल्लो स्थानियतह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राधा चौधरी निर्वाचित हुनुभएको थियो । नेकपा माओबादी केन्द्रबाट उम्मेदवार बन्नु भएका थारुले यस पटकको निर्वाचनमा उम्मेदवार बन्न केहि दिन अघि राजिनामा दिनुभएको थियो ।

वैशाख ३० गते हुने स्थानियतहको निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध आज (मंगलबार) उजुरी दिन पाइने छ । मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारण सहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै उजुरी दर्ता गराउन सकिनेछ । वैशाख १४ गते मनोनयन पत्र जाँच गर्ने र उम्मेदवारहरुको विरोधमा परेको उजुरीको जाँचबुझ गरी निर्णय गर्ने, १५ गते उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने तथा १६ गते उम्मेदवारी फिर्ता लिन चाहनेलाई उम्मेदवारी फिर्ताको समय दिईएको छ । वैशाख १६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी १७ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । वैशाख ३० गते स्थानियतहको निर्वाचन सम्पन्न हुनेछ ।

Leave A Reply

Your email address will not be published.