onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा सडक दुर्घटना हुँदा १ जनाको मृत्यु

Sambad ADD long

बगनाहा, बर्दिया : भुरीगाउँ-गुलरिया हुलाकी सडक अन्तरगत ठाकुरबाबा नगरपालिका-३, बगनाहा बजार नजिक भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । माेटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

हुलाकी सडकमा पर्ने बगनाहाकाे चुरे क्याम्पस जाने बाटाेकाे कल्भर्ट नजिक अटाे र मोटरसाइकल आपसमा ठाेक्किदा एक जनाको ज्यान गएको र अर्का एकजना घाइते भएका प्रहरीले जनाएको छ । भुरीगाउँबाट बनकट्टीतर्फ जाने क्रममा भे. १२ प ११०८ नम्बरको मोटरसाइकल र भे. १ स ८६३२ नम्बरको अटाे आपसमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय, बगनाहा भुरीगाउँले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार ठाकुरबाबा नगरपालिका-५, बनकट्टी निवासी ५८ वर्षिय दरवारीया थारूको ज्यान गएको हो ।  ठाकुरबाबा नगरपालिका-५, बनकट्टी निवासी मोटरसाइकल चालक ६० वर्षिय माक्खुराम थारू घाइते हुनुभएको प्रहरीले जनाएको छ ।मोटरसाइकल दुर्घटना पश्चात् घाइते भएका दुवै जनालाई ठाकुरबाबा आधारभूत नगर अस्पताल लगिएको थियो । अस्पतालमा चेकजाँच गर्दा मोटरसाइकलमा सवार दरवारीया थारूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज लगिएको र आइसियुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना तिव्र गतिका कारण भएको हो वा के कारणले भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अटाे चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.