onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया : मधुवनको ३ नम्बर वडाद्वारा एसइइमा उत्कृष्ट २ जना विद्यार्थीलाई कम्प्युटर प्रदान

Sambad ADD long

मधुवन, बर्दिया : मधुवन नगरपालिका वडा नम्बर ३ बालकुमारी वडा कार्यालयले माध्यमिक शिक्षा परिक्षा ९एसईई० मा उत्कृष्ट नतिजा ल्याउने २ जना विद्यार्थीलाई सम्मान सहित कम्प्युटर प्रदान गरेको छ ।

मधुवन नगरपालिका वडा नम्बर ३ बालकुमारीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सबको अवसरमा छात्रा तर्फ उत्कृष्ट नतिजा ३ दशमलव २० जिपिए ल्याउने मनिषा थारु र छात्र तर्फ ३ दशमलव २२ जिपिए ल्याउने चरीत्र आचार्य गरि २ जना विद्यार्थीलाई सम्मान स्वरुप कम्प्युटर प्रदान गरिएको वडा अध्यक्ष नारायण मल्लले जानकारी दिनुभयो ।

सम्मान स्वरुप दुई जना विद्यार्थीलाई एक(एक सेट कम्प्युटर प्रदान गर्दै सम्मान कार्यक्रम बोल्दै मधुवन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नारायण मल्लले वडाबाट छुट्याइएको बजेटले उत्कृष्ट नतिजा ल्याउने नानीबाबुहरुलाई पढाइमा केही सहज हुने भएकाले सम्मान स्वरुप कम्युटर प्रदान गरिएको हो ।

आजभोलि कम्प्युटर पनि शैक्षिक सामग्री भएकोले विद्यार्थीको पढाइमा अझ सहज होस र उत्साह पनि बढोस भन्ने उदेश्यले सम्मान गरिएको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.