
भुरीगाउँ, बर्दिया : विश्वकप खो–खो खेल प्रतियोगितामा रजत पदक ल्याउन सफल उपविजेता भएका आफ्ना पालिकाभित्रका १२ जना खेलाडीहरुलाई बर्दियाको ठाकुरबाबा नगरपालिकाले ३ लाख १० हजार नगद पुरस्कार सहित सम्मान गरेको छ ।
भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर रंगशालामा सम्पन्न भएको विश्वकप खो–खो खेलमा नेपालको प्रतिनिधित्व गर्दै उपविजेता भएका आफ्ना पालिका भित्रका १२ जना खेलाडीहरुलाई ठाकुरबाबा नगरपालिकाले सम्मान स्वरुप जनहीझण्डै २५ हजारका दरले ३ लाख १० हजार नगद पुरस्कार सहित सम्मान गरेको नगरप्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।
शहीद दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी आफ्नो पालिकाबाट मात्रै खो–खो खेलमा सहभागि ७ महिला र ५ पुरुषगरि १२ जना खेलाडीहरुलाई ठाकुरबाबा नगरपालिकाले नगद पुरस्कार सहित सम्मान गरेको हो । यस्तै खेलाडीहरुसंगै खो–खो खेलका प्रमुख व्यवस्थापक शिक्षा शाखा अधिकृत छत्र बहादुर शाहीलाई पनि नगद पुस्कार सहित सम्मान गरिएको छ । ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल र उपप्रमुख विनाकुमारी भट्टराईले संयुक्त रुपमा खेलाडीहरुलाई पुरस्कार स्वरुप नगद र सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
आफ्नै ठाकुरबाबा नगरपालिकाबाट १२ जना खेलाडीहरुको सहभागिता रहेको प्रथम विश्पकप खो–खो खेलमा फाइनलसम्मपुग्न सफल भई उपविजेता बनेका खेलाडीहरुको मनोबल बढोस् र उच्च आत्म सम्मान प्रदान गरुन भन्ने उद्देश्यले उपविजेता खेलाडीहरुलाई जनही झण्डै २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको नगरप्रमुख लम्सालले बताउनुभयो । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर रंगशालामा सन् २०२५ जनवरी १३ तारिक अर्थात (पुस २९) देखि १९ तारिख (माघ ६ गते) सम्म संचालन भएको प्रथम विश्वकप खो–खो खेलकुद प्रतियोगितामा उपविजेता भई खेल जगतद्धारा राष्ट्रकै गौरव उच्च बनाउन सफल भएकोमा खेलाडीहरुलाई सम्मान गरिएको नगर उपप्रमुख विनाकुमारी भट्टराईले बताउनुभयो ।
पहिलो पटक भएको विश्वकप खो–खो खेलकुद प्रतियोगितामा पनि उपविजेता भई रजत पदक जितेर नेपालको खेल क्षेत्रको सानलाई अझै माथि उठाउँदै देशको प्रतिष्ठा र गरिमालाई उचाइमा पुर्याउने खेलाडीहरुको मिहिनेतको सम्मान गरिएको नगरप्रमुख लम्सालले बताउनुभयो । विश्वकप खो–खो प्रतियोगितामा सहभागी भएर रजत पदक ल्याउन सफल महिला र पुरुष समूहका ठाकुरबाबा नगरपालिका भित्रका १२ जना महिला र पुरुष खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदानगरि सम्मान गरिएपछि खेलाडीहरु थप उत्साहित भएका छन् ।
विश्वकप खो–खो खेलमा उपविजेता भएका खेलाडीहरुलाई कोहलपुरसम्म लिन ठाकुरबाबा नगरपालिका कार्यालयले गाडी पठाएको, महोत्सवमा सम्मानितहुने अवसर मिलाएको र शहिददिवसको अवसरमा सम्मान गरेकोमा स्थानीय सरकारलाई खेलाडीहरुले आभार प्रकट गरेका छन् । यस्तै नगरपालिकाले भुरीगाउँ बजारको डिस्प्ले बोर्डमा खेलको प्रत्यक्ष प्रसारण सुरु हुनुभन्दा केहीमिनेट अघि पालिका भित्रका १२ जना खेलाडीहरुका अभिभावकहरुलाई पनि माघ ६ गते दिउँसो सम्मान गरेको थियो ।खेलाडी सम्मानको क्रममा ठाकुरबाबा नगरपालिकालाई विश्व सामु चिनाउन अझैँ महत्वपूर्ण भुमिका निभाउन सकुन भन्ने उदेश्यले खेलाडीहरुका लागि आगामी दिनमा छुट्टै प्रशिक्षक व्यवस्थापन गरि पालिका भित्र रहेको खेल मैदानबाट नै हुने गरी काम अगाडि बढाउने नगरप्रमुख लम्साल र उपप्रमुख भट्टराईले प्रतिवद्धता व्यक्तगर्नुभयो ।
अन्र्तराष्ट्रिय खो–खो खेल अन्र्तगत लिग चरणको छनौट प्रतियोगिता खेल बर्दियाको ठाकुरबाबा नगरपालिकामा झण्डै ३ महिना भित्रै गर्ने तयारी भईरहेकोखो–खो खेलका प्रमुख व्यवस्थापक छत्र बहादुर शाहीले जानकारी दिनुभयो । अन्र्तराष्ट्रिय खो–खो खेल अन्र्तगत लिग चरणको छनौट प्रतियोगिता खेल हुने सन्दर्भमा एक साता भित्रै पत्रकार सम्मेलन मार्फत जानकारी गराईने उहाँले बताउनुभयो ।