onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

रेडियो टाइगर प्रशारणको नवौं वर्षमा प्रवेश

जिम्मेवार र जनउत्तरदायी भएर अघि बढ्ने प्रबन्ध निर्देशक भावुक योगीको प्रतिबद्दता

Sambad ADD long

बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा रहेको रेडियो टाइगर ९९.२ मेगाहर्ज आजदेखि नवौं वर्षमा प्रवेश गरेको छ । कृषि, संस्कृति, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, पर्यटन, संरक्षण र विकासका लागि सञ्चार भन्ने नारासहित २०७३ सालको घटस्थापनाका दिनदेखि नियमित प्रशारण आरम्भ गरेको रेडियो टाइगरले आज नियमित प्रशारणको आठ वर्ष पुरा गरेको छ ।

समाज, राष्ट्र र समुदायको उत्थान, संरक्षण र विकासका साथै पर्यटन प्रवद्र्धन र विभिन्न उत्पादनहरुको बजार प्रवद्र्धनमा समेत सक्दो सहयोग गर्ने रेडियो टाइगरले नीति लिएको रेडियोको सञ्चालक संस्था बर्दिया टाइगर नेटवर्कका अध्यक्ष जनार्दन योगीले बताउनुभयो ।

१०० वाट क्षमतामा ८८.२ मेगाहर्जबाट नियमित प्रसारण शुरु गरेको रेडियो टाइगरले ६ वर्ष अघि क्षमता अभिवृद्धी गरि अहिले ५०० वाट क्षमतामा ९९.२ मेगाहर्जबाट स्रोतामाझ आफ्नो प्रसारण सेवा दिइरहेको रेडियो टाइगरका प्रवन्ध निर्देशक भावुक योगीले बताउनुभयो । प्रबन्ध निर्देशक योगीका अनुसार रेडियो टाइगरले संरक्षण र विकाससंगै यस क्षेत्रका मुद्दालाई प्रमुख रुपमा उठाउँदै समाधानका लागि जिम्मेवार निकायलाई निरन्तर दबाब दिने काम पनि जारी राखेको छ ।

बिहान ५ बजेदेखि राती १० बजेसम्म दैनिक १७ घण्टा नियमित प्रसारण हुँदै आएको रेडियो टाइगरले उज्यालो रेडियो नेटवर्क र सामुदायिक सुचना नेटवर्कसंगको सहकार्यमा केन्द्रीय समाचार तथा विहान र साँझ आफ्नै उत्पादनमा स्थानीय समाचारहरु प्रशारण गर्ने गरेको छ । समाचार प्रमुख यज्ञप्रसाद नेपालका अनुसार ब्रेकिङको होडमा गलत खबर प्रवाह नगरी सहि र सत्य खबर स्रोताहरु माझमा पु¥याउने गरी समाचार शाखाले काम गरि रहेको छ ।

यस्तै यस क्षेत्रका कला संस्कृति, साहित्य तथा भाषा र भेषमुषा अनि धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण र सम्वर्धनका साथै यसलाई एक अर्काे समुदायसम्म पु¥याउन रेडियो टाइगरले पुलेसोको काम गरेको स्टेशन प्रमुख रामबहादुर थारुले बताउनुभयो । सामाजिक एवम् धार्मिक सद्भाव बलियो बनाई भाईचारा र बन्धुत्वको भावना जागृत गर्ने दिशामा रेडियो टाइगर सधैँ गम्भिर र संवेदनशिल रहेको समेत स्टेशन प्रमुख थारुले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.