शान्तिबजार, बर्दिया : गेरुवा गाउँपालिकाबाट रेडियो गेरुवा एफ. एम.ले आज संविधान तथा राष्ट्रिय दिवसका दिनदेखि आफ्नो परिक्षण प्रसारण सुरु गरेको छ ।
“सामुदायिक रेडियो, समुदायको आवाज” नारासहित (बर्दिया गेरुवा सामुदायिक मिडिया नेटवर्कद्वारा सञ्चालित रेडियो गेरुवा एफ. एम. ९०.७ मेगाहर्जले गेरुवा गाउँपालिका-३, शान्तिबजारबाट आफ्नो परिक्षण प्रसारण शुभारम्भ गरेको हो । गेरुवा गाउँपालिका अध्यक्ष जमानसिँह केशीसहित उपाध्यक्ष, पालिकाका वडा अध्यक्ष स्थानीय समाजसेवी लगायतको सहभागीतामा परिक्षण प्रसारण सुभारम्भ भएको हाे ।
असोज ३ गते संविधान दिवसको अवसर पारि विहान ५:५५ बजेदेखि परिक्षण प्रसारण शुभारम्भ गरिएको रेडियोका प्रवन्ध निर्देशक भावुक योगीले बताउनुभयो ।
रेडियो गेरुवाको प्रसारण एफ. एम. ब्याण्डको ९०.७ मेगाहर्जसंगै अनलाइनमा radiogeruwa.com.np तथा मोबाइल एप्लिकेशन नेपाली पात्रो र हाम्रो पात्रोबाट सुन्न सकिन्छ ।