गुलरिया, बर्दिया : गुलरिया नगरपालिका-४, तुलापुरमा संचालित रेडियो संवाद दोस्रो वर्षमा प्रवेश गरेको छ ।
भावुक बर्दिया कम्युनिकेशन नेटवर्कद्वारा संचालित संवाद एफ. एम. ९८.३ मेगाहर्ज आजदेखि सफलताको दोस्रो वर्षमा प्रवेश गरेको हो ।
बर्दियाको समावेशी आवाज भन्ने नारा सहित २०८० साल असोज ३ गते संवाद एफ. एम.ले नियमित प्रशारण आरम्भ गरेको थियो ।
जिल्लाको पर्यटकिय विकास, विस्तार र संरक्षण तथा सामुदायिक विकास, सचेतना र सशक्तिकरण गर्दै समुदायको अवाजको सम्बोधन, स्थानीय सूचना र ज्ञानको अदानप्रदान गर्ने उद्देश्यले रेडियोको स्थापना गरिएको प्रबन्ध निर्देशक भावुक योगीले बताउनुभयो ।
आवाज विहिनहरुको आवाज बुलन्द गर्न तथा न्याय र समतामुलक समाज निर्माण गर्न रेडियोले आफ्नो क्षेत्रबाट सम्बन्धित निकायसँग सदैव सहकार्य गर्दै अगाडि बढ्ने प्रबन्ध निर्देशक योगीले जानकारी दिनुभयो ।
विभिन्न जनचेतनामुलक सन्देश र रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरी समुदायमा चेतना अभिवृद्धी गराउन सहयोग पुर्याउने उद्देश्यले रेडियोले आफ्नो प्रशारण सुरु गरेको हो ।
रेडियोको प्रसारण एफ. एम. ब्याण्डको ९८.३ मेगाहर्जसंगै अनलाइनमा onlinesambad.com का साथै मोबाइल एप्लीकेशन हाम्रो पात्रो र नेपाली पात्रो मार्फत सुन्न सकिन्छ ।