onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

भुरीगाउँ बजार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष लक्ष्मिकान्त खनालकाे निधन

Sambad ADD long

बर्दियाकाे ठाकुरबाबा नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष, मनुषा टिकासिंह थापा बहुमुखी क्याम्पस भुरिगाउँ क्याम्पस संचालक समितिका संस्थापक अध्यक्ष तथा जनचाहना आधारभुत विद्यालय डुम्रेनीका विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष लक्ष्मीकान्त खनालको असामयिक निधन भएको छ । उहाँकाे आज विहान असामहिक निधन भएको हाे ।

समाजसेवी, शिक्षाप्रेमी एवं नेपाली काँग्रेसका सकृय नेता समेत रहनुभएका लक्ष्मिकान्त खनाल केही महिना अघिदेखि क्यान्सर राेगबाट ग्रसित हुनुहुन्थ्यो ।

उहाँको असमाहिक निधन भएकोमा ठाकुरबाबा नगरपालिकाबासीमा अपुरणिय क्षति भएको छ । उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष खनालकाे निधन प्रति श्रद्धाञ्जली एवं समवेदना प्रकट गर्दै ठाकुरबाबा नगरपालिका १ भुरीगाउँ बजारका सबै पसल आज सनिवार बन्द गरिएको थियाे ।

ठाकुरबाबा नगरपालिका १ भुरीगाउँ बजारका संस्थापक अध्यक्षकाे निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै बजार बन्द गरिएको ठाकुरबाबा नगर उद्योग बार्णिज्य संघका महासचिव गोपाल निरौलाले जानकारी दिनुभयो ।

लक्ष्मीकान्त खनाल विभिन्न क्षेत्रमा क्रियाशिल भई निरन्तर सामाजिक क्षेत्रमा लागि रहने उर्जाशिल व्यक्तित्व हुनुहुन्थ्यो ।

उहाँका पत्नि, दुई छाेरी र एक छाेरा छन् । उहाँका छाेरा शैलेश खनाल मनुषा टिकासिँह थापा बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन स्वबियु सभापति हुनुहुन्छ ।

दिवंगत लक्ष्मिकान्त खनालको आजै दिउँसाे बबई नदिकाे मानपुर घाटमा अन्त्यष्टि गरिएको पारिवारिक श्राेतले जनाएको छ । स्वर्गीय खनालको पार्थिव शरीरमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सिँचाइ मन्त्री तथ सांसद संजय कुमार गौतमले पार्टाको झण्डा ओढाएर श्रद्दाञ्जली व्यक्त गर्नु भएको थियो ।

उहाँलाई श्रद्दाञ्जली व्यक्त गर्न नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रमुख सचेतक एवं प्रदेश सांसद जन्मजय तिमील्सैना, ठाकुरबाबा नगर प्रमुख तिलक लम्साल, नेपाली काँग्रेस नगर सभापति पदम खड्का लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधी, शिक्षक, उद्योगी, व्यापारी लगायत आफन्तजन तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.