onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

सहकारीका व्यवस्थापकहरुको क्षमता अभिबृद्धिका लागि दुई दिने तालिम सम्पन्न

Sambad ADD long

गुलरिया, बर्दिया : बर्दिया जिल्लामा रहेका सहकारीहरुको व्यव‌थापकहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको भुरीगाउँ शाखाको आयोजनामा गुलरिया नगरपालिका स्थित लोटस गार्डेन होटलमा तालिम समापन भएको हो ।

सम्पन्न तालिममा सबल सहकारी निर्माणमा व्यवस्थापकको भूमिका, ऋण व्यवस्थापनमा व्यवरथापकको भुमिका, ऋणी र ऋणीको व्यवसाय विश्लेषण, लगायतका विषयमा छलफल तथा प्रशिक्षण दिइएको बैंकको भुरीगाउँ शाखा प्रमुख किरण खत्रीले बताउनुभयो । तालिमले व्यवस्थापकहरुमा व्यवस्थापनको नयाँ विषयवस्तुका बारेमा जानकारी दिनुका साथै ज्ञान र शिपको पूर्नताजगीपनमा थप सहयोग पुग्ने आयोजकले अपेक्षा लिएको शाखा प्रमुख खत्रीले जानकारी दिनुभयो ।

फरक किसिमको सोंछ र रणनीतिक योजनाले सहकारी व्यवसाय सफल हुने भएकाले सिद्धान्तलाई व्यवहारमा उतार्नु आजको आवश्यकता रहेको प्रशिक्षक राजकुमार बरालले बताउनुभयो । सहकारी संस्थाका व्यवस्थापकले बनाउने रणनीतिक योजनाले नै सहकारीलाई व्यवस्थीत बनाउने भएकाले व्यवस्थापकहरु‌को क्षमता अभिवृद्धि तालिम संचालन गरिएको तालियका प्रशिक्षक सहकारी बैंकका तालिम अधिकृत राजकुमार बरालले बताउनुभयो ।

तालिममा सहकारी संस्थाको वर्तमान अवस्था, संस्था सुरक्षित र दीगो बनाउने उपाय, सदस्यले सहकारी छनौट गर्ने कारण, सदस्य‌लाई सन्तुष्ट र सुशी राख्न गर्नुपर्ने कार्य लागायतको विषयमा वृहत रुपमा छलफल गरिएको छ । पछिल्लो समय केही सहकारीहरुमा आएको विचलनले सहकारी अभियानलाई नै प्रभावित पारेको अवस्थामा व्यवस्थापकहरुको क्षमता अभिबृद्धि तालिमले थप उर्जा प्रदान गरेको सहभागिहरुले प्रतिक्रिया जनाएको राष्ट्रिय सहकारी बैंक लि. भुरीगाउँ शाखाका कर्मचारी गोविन्द जोशीले जानकारी दिनुभयो ।

उत्कृस्ट वित्तीय सेवा सहितको सहकारी बैंक भन्ने नारा सहित संचालित राष्ट्रिय सहकारी बैंकको सदस्य शिक्षा कार्यक्रम अन्तरगत व्यवस्थापकहरुको लागि दुई दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको हो । कार्यक्रममा बर्दियामा संचालित ३६ वटा सहकारीका व्यवस्थापन प्रमुखहरुको सहभागिता रहेका थिये।

Leave A Reply

Your email address will not be published.