onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

व्यवहारिक शिक्षा पहिलो प्राथमिकता : लुम्बिनी मुख्यमन्त्री चौधरी

Sambad ADD long

मधुवन, बर्दिया : मधुवन नगरपालिका ६ सानोश्रीमा रहेको गुराँस नमुना माध्यामिक विद्यालयको सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा तथा ५४औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मङगलबार एक औपचारिक कार्यक्रमका विच वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको हो । वार्षिक उत्सवका अवसरमा विद्यालयमा वृहत साँस्कृतिक कार्यक्रम, थारु झाँकी प्रर्दशन, विद्यार्थीहरुद्धारा विभिन्न भाषामा गित प्रस्तुत लगायतका कार्यक्रमहरु गरिएको छ ।

यसैगरी विद्यालयलाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरु, उत्कृष्ट शिक्षकहरुलाई सम्मान तथा गत वर्ष एसइइमा सर्वोत्कृष्ट नम्बर ल्याउन सफल २ जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप ल्यापटप पुरस्कार वितरण गरिएको विद्यालयका शिक्षक सन्तोष तिमिल्सिनाले जानकारी दिनुभयो । वडा नम्बर ६ को आर्थिक सहयोगमा विद्यालयका आयुषा पौडेल र अभ्यास अधिकारीलाई ल्यापटपसहित सम्मान गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पौराणिक कालदेखि नै शिक्षाको विकासमा शिक्षकको भुमिका महत्वपुर्ण रहेको, दोर्णाचार्यदेखि चाँणक्यसम्मले शिक्षाको विकास र उन्नतिमा योगदान गरेको उल्लेख गर्नुभयो ।

उहाँले यस क्षेत्रको विकासका लागि महिला र युवाको रोजगारी सिर्जना गर्न पहल गर्ने, वन्यजन्तुबाट हुने क्षति न्युनिकरण गर्न कार्णालीको पानी गेरुवामा ल्याउने, विद्यालयको अधुरो भवन निर्माण गर्ने, गरिखाने शिक्षकका लागि पहल गर्ने, मधुवन नगरपालिकामा विज्ञान विषय पठनपाठनका लागि आवश्यक रकम लुम्बीनी प्रदेश सरकारले व्यहोर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

गुराँस नमुना माध्यमिक विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष लालबहादुर खत्रीको अध्यक्षतामा वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लुम्बीनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

लुम्बिनी प्रदेशसभा सदस्य जन्मजय तिमिल्सिना, मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट, लुम्बिनी प्रदेश सभाका पुर्व प्रदेश सभा सदस्य कुल प्रसाद पोख्रेलको विशेष आतिथ्यता रहेको थियो भने मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी, नगरपालिकाका पुर्व नगरप्रमुख कृष्ण बहादुर केसि लगायतको आतिथ्यता रहेको विद्यालयका शिक्षक सन्तोष तिमिल्सिनाले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न सरोकारवाला पदाधिकारीसहित शिक्षक तथा विद्यार्थीहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.