onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

प्रगती साकोसको केन्द्रगत २८औँ साधारणभा सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : प्रगती बचत तथा ऋण सहकारी संस्था लिमिटेड (प्रगती साकोस)ले केन्द्रगत रूपमा २८औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । ठाकुरबाबा नगरपालिका–३, बगनाहामा केन्द्रीय कार्यालय रहेको प्रगती साकोसले ५ वटा सेवा केन्द्र र केन्द्रीय कार्यालयको एकैसाथ केन्द्रगत साधारणसभा सम्पन्न गरेको हो ।

आर्थिक वर्ष २०७९/८०को अन्त्यसम्म ५ हजार ३०२ जना महिला, ४ हजार ४६८ जना पुरुष र संस्थागत ४७ गरी जम्मा ९ हजार ८१७ जना शेयर सदस्यहरू रहेको सहकारी संस्थाले ४७ लाख ९ हजार ३६३ रुपैयाँ मुनाफा आर्जन गरी १ लाख ४२ हजार ४६२ रुपैयाँ राज्यलाई आयकर तिरेको छ । आर्थिक वर्षको अन्त्य सम्ममा संस्थाको कुल शेयर ४ करोड ५५ लाख २२ हजार १०० पुगेको छ । संस्थाले आर्थिक वर्ष २०७९/८०को अन्त्यसम्ममा ४३ करोड ४२ लाख ७५ हजार ६८ रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ४१ करोड ६४ लाख २४ हजार ६३९ रुपैयाँ रुपैयाँ कर्जा लगानी गरेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाको कुल वासलात ५३ करोड ५६ लाख ७६ हजार १६६ रुपैयाँ ८६ पैसा रहेको संस्थाका सचिव अविलाल उपाध्यायले जानकारी दिनुभयो ।

सहकारी अभियानको क्रममा २०५२ साल वैशाखदेखि कारोबार सञ्चालन गरी साबिकको बगनाहा गा.वि.स.मा स्थायी रूपमा बसोबास गर्ने स्थानीयहरु मिली मानपुर गाउँमा २०५२ साल भदौ २० गते ४५ जनाको सहभागितामा प्रगती साकोसको स्थापना भएको हो । सहकारी अभियन्ता एवम् ठाकुरबाबा नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहनु भएका घननारायण श्रेष्ठको अध्यक्षतामा संस्थाको स्थापना भएको थियो । समाजमा छरिएर रहेको स–साना पुँजी रकमलाई बचतका रूपमा एकीकृत गरी समाजमा व्याप्त शोषण, अन्याय, अत्याचार, गरिबी, बेरोजगारीको अवस्था र गाउँका साहु महाजनी प्रथाका कारण चर्को व्याजको मारमा परेका पीडित स्थानीय थारु समुदायको बाहुल्यता भएको ग्रामीण क्षेत्रका जनताहरूलाई सङ्गठित गरी प्रगती साकोसको स्थापना भएको संस्थाका अध्यक्ष विजय शाहले जानकारी दिनुभयो ।

संस्थाले साधारणसभाको अवसरमा उत्कृष्ट नियमित मासिक बचत तर्फ १८ जना, उत्कृष्ट नाबालक बचत तर्फ १९ जना र उत्कृष्ट व्यवसायी तर्फ ७ जनालाई बचत खातामा ५००।- रुपैयाँ जम्मा गरी प्रमाणपत्रसहित सम्मान गरेको छ । बर्दिया जिल्ला कार्यक्षेत्र रहेको सहकारीले बचत तथा ऋणको कारोबार संगै रासायनिक मलखादको बिक्री समेत गर्दै आइ रहेको छ । संस्थाले ठाकुरबाबा नगरपालिका–३, बगनाहाको केन्द्रीय कार्यालयसँगै ठाकुरबाबा नगरपालिका–४, मैनवारमा सिम्रिक सेवा केन्द्र, मधुवन नगरपालिका–६, कुसुम्बा बजारमा सौगात सेवा केन्द्र, मधुवन नगरपालिका४, बेलवामा  सगरमाथा सेवा केन्द्र, ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा भुरीगाउँ सेवा केन्द्र र बारबर्दिया नगरपालिकामा कुमरागाउँ सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइ रहेको संस्थाको प्रमुख व्यवस्थापक धनबहादुर रतगैयाँले जानकारी दिनुभयो ।

संस्थाका प्रमुख व्यवस्थापक धन बहादुर रतगैयाँले सञ्चालन गर्नु भएको २८औँ वार्षिक साधारण सभा कार्यक्रम संस्थाका अध्यक्ष विजय शाहको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सेनाको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको हो । सम्पन्न साधारण सभाको खुल्ला सत्र कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा कुस्मा थारु, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्य बहादुर विष्ट, ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल लगायतको आतिथ्ययता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.