आजभोलि हरेक गाउँमा फार्मेसीहरू छन्, टोलटोलमा कम्पाउन्डर छन् । गाउँगाउँमा हेल्थ पोष्ट या अन्य स्वास्थ्य संस्था छन् । सञ्चारका माध्यमहरूमा सामाजिक सञ्जालमा र व्यक्तिगत सम्पर्कमा पनि डाक्टरहरूलाई भेटेर आफ्नो स्वास्थ्य समस्याबारे परामर्श लिनसकिन्छ । केही दूरदराजका ग्रामीण बस्तीमा त समस्या होला तर देशका अधिकांश ठाउँमा स्वास्थ्योपचारको सुविधा विस्तार भइरहेको छ । असाध्य अवस्थामा सुविधासम्पन्न अस्पतालहरूमा जान बाटोघाटो र साधन पनि विस्तारित छन् ।
करिब ४ दशक अघिभन्दा अहिलेको स्वास्थ्यसेवा लिन धेरै सहज भएको जस्तो लाग्छ । कुरा ४ दशक अघिकै हो । विक्रम संवत् २०३० को दशकमा अहिलेको महेन्द्र (पूर्वपश्चिम) राजमार्गमा अवस्थित बर्दियाको भुरिगाउँ वरपर कुनै पनि स्वास्थ्य संस्था थिएनन् । सरकारले गाउँमा खोल्ने गरेका एक्का दुक्का स्वास्थ्य चौकीमा डाक्टर हुँदैनथे, औषधी पाइँदैनथे, अस्पताल भनेर कुनै व्यक्तिको घरको कुनै कोठामा एउटा रित्तो आल्मारी हुन्थ्यो । त्यहाँ बिरामी आउँदैनथे । बिरामीहरू कि घरायसी जडिबुटीमा भर पर्थे कि गुरुवा वा धामीझाँक्रीका शरणमा जान्थे । बाल मृत्युदर त्यतिबेला उच्च थियो । न्यूमोनिया, मलेरिया, इन्सेफ्लाइटिस, दादुरा, झाडापखाला, घाउचोटको संक्रमण, सर्पदंश जस्ता बिरामीहरू उपचारै नपाएर मर्थे । धेरैजसो बिरामी बालबालिकाहरू पनि घरैमा धेरै दिन राखेर, विचार गरेर सिकिस्त भएपछि मात्रै उपचार गर्न लगिन्थ्यो बहराइच या नेपालगञ्जतिर । विक्रम संवत् २०३९ सालतिर भुरिगाउँमा एउटा सीएमए डाक्टरको व्यवस्था र हेल्थ पोस्टको स्थापना गर्ने त्यतिबेलाका प्रधानपञ्च देविराम उपाध्यायको विकासमुखी योजनाभन्दा अघिको कथा हो यो ।
त्यतिबेला नेउलापुर गाउँ पञ्चायत थियो । पञ्चायत भरिका हरेक वडामा २/३ घर पहाडी समुदायका हुन्थे अरु सबै थारू समुदायका । भुरिगाउँमा पनि त्यतिबेला हामीसमेत केबल ३ घर पहाडीका थिए । अन्य गाउँमा पनि करिब यस्तै अवस्था थियो । त्यो पञ्चायतमा सिंहवाहिनी नामको गाउँ थियो । गाउँ नजिकै राष्ट्रिय निकुञ्जको किनारमा एकजना सल्यान तिरबाट बसाइँ सरेर आएका व्यक्ति थिए युद्धवीर सिंह बुढाथोकी ।
त्यतिबेला नेउलापुर गाउँ पञ्चायत थियो । पञ्चायत भरिका हरेक वडामा २/३ घर पहाडी समुदायका हुन्थे अरु सबै थारू समुदायका । भुरिगाउँमा पनि त्यतिबेला हामीसमेत केबल ३ घर पहाडीका थिए । अन्य गाउँमा पनि करिब यस्तै अवस्था थियो । त्यो पञ्चायतमा सिंहवाहिनी नामको गाउँ थियो । गाउँ नजिकै राष्ट्रिय निकुञ्जको किनारमा एकजना सल्यान तिरबाट बसाइँ सरेर आएका व्यक्ति थिए युद्धवीर सिंह बुढाथोकी । खरले छाएको काठको २ तले साधारण ठाँटी घर थियो उनको । त्यो घरको तल्लो तलामा देब्रेतिर एउटा कोठा थियो जसमा उनले एउटा आलमारी राखेका थिए । ढोकाबाट छिर्ने बित्तिकै एउटा ३/४ जना अट्ने बेञ्च थियो । आलमारीमा खचाखच औषधिहरू हुन्थे । दायाँतिर अर्को कोठा थियो, त्यहाँ भान्सा हुनुपर्छ किनकि बिरामीलाई इन्जेक्सन लगाउनुभन्दा पहिले सिरिञ्ज र सुईलाई निर्मूलीकरण गर्न उम्लिरहेको पानीमा डुबाउन त्यतै लगेको देखिन्थ्यो ।
यो त्यतिबेलाको कुरा हो जतिबेला नेपालमा एड्स देखापरेको थिएन । युद्धवीर सिंह बुढाथोकीलाई सबैले सिंहवाहिनीका डाक्टर भनेर चिन्थे । उहाँको नाम धेरै कम मान्छेलाई मात्र थाहा थियो । उहाँ एमबिबिएस, एमडी गरेका डाक्टर नभएर तालीम प्राप्त स्वास्थ्यकर्मी हुनुहुन्थ्यो । गाउँहरूमा गरीबी व्याप्त थियो, नगद कसैसँग हुँदैनथ्यो तर बिरामीको चाहिँ लस्कर हुन्थ्यो । बिरामीहरु डाक्टर युद्धवीरको घर पुग्नु पनि त्यति सजिलो थिएन । लडिया र लहरू हिँड्ने एउटा बाटो जङ्गलको किनारैकिनार जान्थ्यो तर एक्लै लडिया हाँक्ने साहस कुनै लडियानमा पनि हुन्थेन, हिँडेर एक्लै जान त झन् गाह्रो थियो । एउटा हिँड्दाहिँड्दै बनेको खेतैखेत र कुलाको किनारैकिनारको बाटो थियो । यो अलि सुरक्षित र छोटो थियो । काखमा बिरामी बच्चा च्यापेर खेतैखेत हस्याङफस्याङ गर्दै आइरहेका मानिस देखेर डाक्टर युद्धवीर र उहाँकी श्रीमती सतर्क हुनुहुन्थ्यो, तम्तयार हुनुहुन्थ्यो र पूर्णरुपमा समर्पित हुनुहुन्थ्यो ।
तर अचम्म के थियो भने कुनै पनि बालबालिका या बिरामीलाई डाक्टर युद्धवीर या उहाँकी श्रीमतीले गरेको एकैपटकको उपचारले पुग्थ्यो । सरुवा रोगहरू पटक पटक दोहोरिनु स्वाभाविकै हो तर जतिपल्ट दोहेरिए पनि डाक्टर युद्धवीर र उहाँकी श्रीमतीका फेला परेपछि निको भएरै छोड्थ्यो । यी बिरामीहरू सिकिस्त भएपछि र अन्य उपायले काम नगरेपछि मात्रै डाक्टर युद्धवीर कहाँ पुग्ने हुँदा हरेक बिरामी उहाँहरूका लागि एउटा परीक्षा हुन्थ्यो ।
डाक्टर युद्धवीरले बिरामीको उपचारमा देखाएको व्यस्तता देख्दा लाग्थ्यो कुनै युद्धका घाइतेहरूको आकस्मिक उपचार भइरहेको छ । चिसो याम र वर्षायाममा २/२ महिना त बिरामीको चाप खेपिनसक्नु हुन्थ्यो । जब डाक्टर युद्धवीर बिरामीलाई छुन थाल्नुहुन्थ्यो, ससाना नवजात देखि दुधे शिशुहरू च्याँच्याँ कराउँथे, उनका अभिभावक सुम्सुम्याएर शान्त पार्न खोज्थे तर बच्चाहरूमा यति धेरै त्रास हुन्थ्यो कि मानौं उनीहरु अब मारिन्छन् जस्तो । कति बच्चाहरू सुई उद्याएको देख्नासाथ अत्यासिएर भाग्थे, अभिभावकको छोपाछोप हुन्थ्यो । ठूला मानिसहरू पनि सुई लगाउँछ भनेर डराउँथे, सकेसम्म खाने औषधि माग्थे । यतिसम्म कि गाउँमा बालबालिकालाई हायलकायल बनाउन पर्यो भने डाक्टर आयो अब सुई लगाउँछ भनेर तर्साउने चलन थियो । हुन पनि त्यतिबेलाका इञ्जेक्शनले खपिनसक्नुको पीडा दिन्थे, आजभोलि घोचेको पनि थाहा नहुने सुईहरू छन् ।
तर अचम्म के थियो भने कुनै पनि बालबालिका या बिरामीलाई डाक्टर युद्धवीर या उहाँकी श्रीमतीले गरेको एकैपटकको उपचारले पुग्थ्यो । सरुवा रोगहरू पटक पटक दोहोरिनु स्वाभाविकै हो तर जतिपल्ट दोहेरिए पनि डाक्टर युद्धवीर र उहाँकी श्रीमतीका फेला परेपछि निको भएरै छोड्थ्यो । यी बिरामीहरू सिकिस्त भएपछि र अन्य उपायले काम नगरेपछि मात्रै डाक्टर युद्धवीर कहाँ पुग्ने हुँदा हरेक बिरामी उहाँहरूका लागि एउटा परीक्षा हुन्थ्यो । क्लिनिकसम्म आउन नसक्ने बिरामीको खबर आयो भने डाक्टर युद्धवीर आला र अन्य सामग्री लिएर घरै पुग्नुहुन्थ्यो र उपचार हुन्थ्यो । प्रायः सबै बिरामीको उपचार खर्च खातामा हुन्थ्यो अर्थात् नगद भुक्तानी बिनाको उधारो कारोबार । भारतबाट नगद तिरेर औषधी ल्याउने, वर्षैभरि उधारोमा बेच्ने अनौठो व्यापार । आजभोलि कुनै त्यस्ता क्लिनिक होलान् जो बिरामीको आर्थिक अवस्था हेरेर औषधीको मूल्य घटाउन् र उधारैमा उपचार दिउन् ।
अरु बच्चाहरू इन्जेक्सन लगाउँदा रुन्थे, चिच्याउँथे, म पीडा खपेर बस्थेँ किनकि त्यस इन्जेक्सन मार्फत म भित्र सञ्जीवनी पसेको आभास हुन्थ्यो । औषधीका शीशी हात पारेपछि मेरो जीवनरक्षक बुटी भेटे झैँ लाग्थ्यो अन्ततः म सन्चो हुन्थें । ती दुईको जोडीले पटकपटक जोगाइदिएको प्राण भित्रबाट आज यी शब्दहरू उर्लिरहेका छन् । केही वर्षपछि त्यो क्षेत्रमा विकासको लहर आयो ।
असम्भव । बिरामीहरू पनि अत्यन्त इमानदार थिए । वर्षैभरिको हिसाब किताब मङ्सिरमा गर्थे, धान बेचेपछि । डाक्टर युद्धवीरले बिरामीको उपचार खर्चमा कहिल्यै ब्याज जोड्नु भएन, कहिल्यै अतिरिक्त मूल्य तोक्नुभएन । मात्र सेवाभाव र कामको निरन्तरताका लागि साउँ उठाएर रकम परिचालन गर्ने खालको व्यवसाय थियो त्यो । अब मेरो अनुभव पनि सुन्नुहोस् । मलाई पनि बाल्यकालमा बेलाबेला चिसो, धूलो, धूँवाको असरले न्यूमोनियाले सताइरहन्थ्यो । कहिले रुघाखोकी बिग्रिएर पनि न्यूमोनिया हुन्थ्यो । कहिले झाडापखालाले सुस्त पार्ने तर कहिले ज्वरो । मलाई त्यस्तो हुन थाल्यो भने आफसे आफ मुखबाट निस्कन्थ्योः सिंहवाहिनीका डाक्टरसँग जाउँ । म त्यसरी सिकिस्त हुँदा ती डाक्टर बा र डाक्टरनी आमालाई कहिले देखूँ कहिले देखूँ हुन्थ्यो । जब मलाई त्यहाँ पुर्याइन्थ्यो, डाक्टर बा या डाक्टरनी आमा मध्ये एउटा कसैलाई देखेपछि ममा अब बाँच्छु भन्ने आत्मविश्वास पलाउँथ्यो । कुनै भगवानको शरणमै पुगेजस्तो लाग्थ्यो । जब डाक्टर बा या डाक्टरनी आमा हातले मेरो धकधक गरिरहेको छाती छुन्थे, तब मलाई आधा रोग सन्चो भएजस्तो लाग्थ्यो । आँखाको परेला च्यातेर हेर्दा मेरो शरीर भित्रै पसेर हेरेजस्तै लाग्यो । आँ गरेर टन्सिलको अवलोकन गर्दा आत्मामै चियाए जस्तो महसुस हुने । एकदमै कम तर मीठो बोल्ने उहाँहरुको स्वभावले जति बोल्नुहुन्थ्यो बाँच्ने आशीर्वाद पाएजस्तो, कुनै महर्षिको दिव्य वाणी जस्तो लाग्थ्यो ।
अरु बच्चाहरू इन्जेक्सन लगाउँदा रुन्थे, चिच्याउँथे, म पीडा खपेर बस्थेँ किनकि त्यस इन्जेक्सन मार्फत म भित्र सञ्जीवनी पसेको आभास हुन्थ्यो । औषधीका शीशी हात पारेपछि मेरो जीवनरक्षक बुटी भेटे झैँ लाग्थ्यो अन्ततः म सन्चो हुन्थें । ती दुईको जोडीले पटकपटक जोगाइदिएको प्राण भित्रबाट आज यी शब्दहरू उर्लिरहेका छन् । केही वर्षपछि त्यो क्षेत्रमा विकासको लहर आयो । प्रधानपञ्च देविराम उपाध्यायको नेतृत्वमा हेल्थ पोष्ट र डाक्टर आए । पछि कैयौँ नयाँ डाक्टर भित्रिए, क्लिनिक खोलिए, हेल्थ पोष्ट पनि विस्तार भयो । स्यास्थ्यकर्मीको संख्या बढ्दै गयो । गाउँगाउँमा स्वास्थ्य स्वयम्सेवीकाले निःशुल्क औषधी बाँड्न थाले । तर पनि डाक्टर युद्धवीरको क्रेज घटेन, ओज बढिरह्यो ।
मैले एक हातले पेमेन्टको रिसिप्ट समातेर मात्रै बिरामीलाई छुने हजारौं डाक्टर देखेँ आफूले बिरामीका पैसा सक्नु सकेर अर्कातिर रिफर गरिदिने डाक्टरहरू पनि भेटें तर बिरामी बाँच्नुपर्छ बाँकी कुरा पछि गर्ने भन्ने पवित्र अभिलाषा भएका डाक्टर युद्धवीर र उहाँकी श्रीमती गर्नुभएको इतिहासको त्यो कालखण्डको जस्तो सेवा कमै डाक्टरहरूमा देखेको छु । उतिबेला उपचार गर्नु एउटा भावना थियो, एउटा समर्पण थियो र एक किसिमको कर्तव्य जस्तो थियो । अहिले त कुनै बेला लाग्छ यो व्यापार हो, कुनै बेला औपचारिकता जस्तो पनि अनि कहिले त मानव जीवन माथिको खेलवाड जस्तो पनि । तर पनि केही भगवान जस्तै डाक्टरहरू पनि छन् जसका कारण उपचार भइरहेको छ र मानिसले नयाँ जीवन पाइरहेका छन् ।
तर डाक्टर युद्धवीर जस्तो बिरामीका भगवान् भएर उदाएका डाक्टरहरू कमै हुन्छन् र त ती पूज्य हुन्छन् । मेरा शैशवकालका डाक्टर बा त अहिले हुनुहुन्न तर उहाँले प्राण भरेको ज्यानका कोषकोषमा उहाँ मसँगै हुनुहुन्छ र डाक्टरनी आमा जीवित हुनुहुन्छ, उहाँको वात्सल्य पनि साथमै छ र भुरिगाउँ वरपरको स्वास्थ्य क्षेत्र पनि उहाँहरूले बसाइदिएको जगमा उभिएको छ । मेरा र त्यतिबेलाका हजारौं बिरामीको तर्फबाट ती प्राणदाताहरूलाई कोटीकोटी नमन ।