नवराज न्यौपाने सहकारीको क्षेत्रमा चिरपरिचित रहेको नाम हो । बर्दियाको ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा केन्द्रिय कार्यालय रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेडका अध्यक्ष न्यौपानेसंग सहकारीकर्मीको रुपमा लामो समयको अनुभव रहेको छ । सहकारी अभियन्ताको रुपमा परिचित न्यौपानेको नाम संरक्षणको क्षेत्रमा समेत उत्तीकै परिचित छ ।
विक्रम संवत् २०६० सालमा बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगत रहेको श्रीरामनगर उपभोक्ता समितिको अध्यक्ष पदमा रही संरक्षणको यात्रामा पाइला चाल्नु भएका न्यौपाने हालसम्म पनि संरक्षणकर्मीको रुपमा सक्रिय रहँदै आउनु भएको छ ।