onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

दिगो विकासको लक्ष्य बुझाउन क्याम्पस स्तरीय अभियान

Sambad ADD long

बर्दिया : संयुक्त राष्ट्र सघंद्वारा दिगो विकासका लक्ष्य हासिल गर्न तय गरिएका लक्ष्यहरूको जानकारी गराउन क्याम्पस स्तरीय अभियान सुरुवात गरिएको छ । सन् २०१५ मा दिगो विकासका लक्ष्य हासिल गर्न संयुक्त राष्ट्र सघंले तय गरेको १७ वटा लक्ष्यहरुको विद्यार्थीहरुलाई जानकारी गराउन क्याम्पस स्तरीय अभियानको सुरुवात गरिएको हो ।

अभियान अन्तरगत लुम्बिनी प्रदेशमा पनि कार्यक्रमहरु संचालन भएका छन् । बर्दिया र बाँकेमा संचालनमा रहेका क्याम्पसहरुमा पनि कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम बर्दियाका ४ र बाँकेका ४ वटा क्याम्पसहरुमा संचालन हुनेछन् ।

सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्र सघंले सन् २०१५ मा १७ वटा लक्ष्यहरु तय गरेको थियो । सोही लक्ष्यहरुको जानकरी दिन नेपालभरीका १०० वटा क्याम्पसहरुमा अभियान अन्तरगत कार्यक्रम संचालन भई रहेको छ । कार्यक्रम मार्फत स्नातकतहमा अध्ययनरत विद्यार्थीहरुलाई सो लक्ष्य निर्धारणका उद्देश्य तथा सो संग सम्बन्धित विषयवस्तुको जानकारी गराइने छ ।

बर्दियामा पुस १ गते बढैयाताल गाउँपालिकाको मैनापोखर शारदा बहुमुखी क्याम्पसबाट सुरु गरिएको अभियानमुखी कार्यक्रम सोही दिन गुलरिया नगरपालिकाको बबई बहुमुखी क्याम्पसमा पनि सम्पन्न भएको छ । यस्तै बाँकेको नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पस र अल्पाइन म्यानेजमेन्ट कलेजमा पुस २ गते कार्यक्रम सम्पन्न भएको छ । प्रख्यात लम्साल र सोम गुरुङ्गले सहजीकरण गर्नुभएको कार्यक्रममा स्नातकतहका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको छ ।

मैनापोखर शारदा बहुमुखी क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका सहजकर्ता सोम गुरुङ्गले दिगो विकासका लक्ष्यहरू प्राप्त गरेमा मात्र विश्वका सम्पूर्ण राष्ट्रको हित र उन्नति हुने बताउनुभयो । यस किसिमका कार्यक्रमहरु विद्यार्थीहरूका लागि अपरिहार्य रहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रमका अर्का सहजकर्ता प्रख्यात लम्सालले दिगो विकासका लक्ष्यका बारेमा आफुले पाएको ज्ञान अरुलाई बाँडेमा मात्र यसले सार्थकता पाउने बताउँदै आफ्नो क्षेत्रबाट दिगो विकासका लक्ष्य हासिल गर्नका निम्ति आजैबाट लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.