onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु, भुरीगाउँ बजारमा दीप प्रज्वलन

Sambad ADD long

भुरीगाउँ, बर्दिया : लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ ।

नेपालमा पनि ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाइँदैछ । अभियानको सन्दर्भमा सरकारी र गैरसरकारी क्षेत्रबाट देशभरि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सन्चालन हुँदैछन् ।

ठाकुरबाबाको भुरीगाउँ बजारमा दीप प्रज्वलन

लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियानको अवसरमा शनिबार ठाकुरबाबा नगरपालिकाको देवीराम उपाध्याय (भुरीगाउँ) चोकमा दीप प्रज्वलन गरिएको छ ।

ठाकुरबाबा नगरपालिकाको आयोजनामा प्लान इन्टरनेशनल नेपाल तथा पालिकाका सबै वडा कार्यालय र विभिन्न संघसंस्थाको समन्वय एवम् सहकार्यमा अभियानमा ऐक्यबद्धता जनाउँदै दीप प्रज्वलन गरिएको ठाकुरबाबा नगरपालिका महिला, बालबालिका शाखा प्रमुख गोगनसरा आचार्यले बताउनुभयो ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख बिना कुमारी भट्टराईले सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित हुन सकेमा मात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुने बताउनुभयो । “कुटपिट, झैझगडा जस्ता कार्यलाई मात्र हिंसाको रुपमा हेरिने गरेको छ । शारीरिकरुपमा प्रभाव पर्ने र बाहिरीरुपमा देखिने गरि गरिने कार्यसंगै मानसिक रुपमा तनाब दिनु पनि हिंसा हो”  उपप्रमुख भट्टराईले भन्नुभयो ।

उहाँले हिंसा न्यूनिकरण गर्दै सभ्य समाज निर्माणका लागि अगाडि बढ्नुपर्ने र सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.