बर्दिया : ठाकुरद्वाराबाट भुरिगाउँतर्फ आउँदै गरेको बाइक दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन् । प्रदेश ३-०२-०१३ प ६६३५ नम्बरको बाइक ठाकुरबाबा नगरपालिका-७, कालीगौडी नजिक दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका इलाका प्रहरी कार्यालय बगनाहा, भुरिगाउँले जनाएको छ ।
तीव्र गतिमा रहेको बाइक कालीगौडीको मोडमा दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिका-२, पेरहनी गाउँका बाइक चालक वर्ष १९ का समिर थारु र सोही बाइकमा सवार सोही ठाउँका वर्ष १९ का किशन थारु घाइते भएका हुन् ।
घाइते दुवै जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको प्रहरीले जनाएको छ ।