onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

मानव र वन्यजन्तु बीच सह-अस्तित्व कायम गर्न अन्तरक्रिया

Sambad ADD long

बगनाहा, बर्दिया : मानव र वन्यजन्तु बिचको द्वन्द अन्त्य गर्दै मानव-वन्यजन्तु सह-अस्तित्व कायम गर्नका लागि अन्तरक्रिया गरिएको छ । ठाकुरबाबा नगरपालिका-३, गोदानामा रहेको कोपिला सामुदायिक वन उपभोक्ता समूहमा सरोकारवाला निकाय र स्थानीयहरु बिचमा अन्तरक्रिया तथा छलफल गरिएको हो ।

कार्यक्रममा पछिल्लो समयमा मानव र वन्यजन्तुको बिचमा भइरहेको द्वन्दलाई न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने रणनीति, वन्यजन्तुको बासस्थानको उचित ब्यवस्थापन, निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको छेउछाउमा बसोबास गर्ने समुदायले गर्नुपर्ने ब्यवहार लगायतका विषयमा छलफल गरिएको छ । मानव र वन्यजन्तुको द्वन्दलाई  सह-अस्तित्वमा रुपान्तरण गरि मानवको सुरक्षा र वन्यजन्तुको बासस्थान व्यवस्थापन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।

छलफलका क्रममा वन्यजन्तुको बढी  त्रास रहने निकुञ्ज तथा सामुदायिक वनको किनारमा उज्यालो बत्ती, जंगली हात्ती आएको थाहा पाउन गाउँमा साइरन जडान तथा घर, पशु र बाली बीमाको विषयमा जानकारी गराइएको छ ।

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यता रहेको अन्तरक्रिया कार्यक्रममा  बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रि विनोद दाहाल, डिभिजन वन कार्यालयका अधिकृत सन्तोष चौधरी, उज्यालो नेपालका प्रतिनिधि रमेश थापा, ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का वडा सदस्य औंसे सुनार, रेडियो टाइगर र संवाद एफ एमका प्रबन्ध निर्देशक भावुक योगी लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.